+
+

रोल्पाका पुराना पत्रकार आचार्य मेयर उम्मेदवार

महेश न्यौपाने महेश न्यौपाने
२०७९ वैशाख १३ गते ९:००

१३ वैशाख, रोल्पा । रोल्पाका पुराना पत्रकार घनश्याम आचार्यले रोल्पा नगरपालिकाको मेयरमा उमेदवारी दिएका छन् । रोल्पा नगरपालिका-२ निवासी आचार्य नेकपा एमालेबाट मेयरको उम्मेदवार बनेका हुन् ।

आचार्य रोल्पाका एक पुराना र अनुभवी पत्रकार एवम् मानव अधिकारकर्मीको रुपमा चिनिन्छन् । सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही नेकपा माओवादी र सरकारको समेत विश्वास जितेर मानवअधिकारको क्षेत्रमा क्रियाशील आचार्यले सोही समयमा मानवअधिकार पत्रकारिता गर्दथे ।

सशस्त्र द्वन्द्वको समयमा सदरमुकाम बाहिर जान प्रायः सबैलाई निषेध भए पनि आचार्य भने स्वतन्त्रतापूर्वक आवत-जावत गर्न पाउने भाग्यमानी रोल्पाली मानिन्थे । माओवादीसँग हिमचिम भएको भन्दै राज्यपक्षले बेला-बेला दुखः दिएको नमिठो अनुभव पनि छ आचार्यसँग ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक अभियानसँग आवद्ध आचार्य रोल्प्ाामै रहेको मानवअधिकार सचेतना केन्द्रमा लामो समय अध्यक्ष रहेर काम गरिसकेका छन् । गैरसरकारी संस्था महासंघ रोल्पाको अध्यक्ष रहेका आचार्य नागरिक समाज रोल्पाको संयोजक समेत हुन् ।

आचार्यकै अगुवाइमा रोल्पामा पहिलो सामुदायिक एफएम रेडियो स्थापना भएको थियो । मानव अधिकारको विषयमा वकालत गर्ने उक्त एफएम ‘रेडियो रोल्पा’को नाममा २०६३ सालमा स्थापना भएको थियो ।

आचार्य नेपाल पत्रकार महासंघ रोल्पाको संस्थापकसदस्य समेत हुन् । लामो समयसम्म पत्रकार महासंघ रोल्पाको केन्द्रीय पार्षद रहेका आचार्यले रोल्पावाट प्रकाशित पहिलो पत्रिका ‘रोल्पा पाक्षिक’ समेत प्रकाशन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?