+
+

जितबहादुर केसीसहित ६ खेलाडीलाई आर्थिक सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते १४:४९

१३ वैशाख, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले अस्वस्थ भइ उपचाररच ५ खेलका ६ खेलाडीलाई मंगलबार आर्थिक सहयोग प्रदान गरेको छ । ६ खेलाडीलाई ५ लाख ५६ हजार ८ सय ४३ रुपैयाँ हस्तान्तरण गरिएको हो ।

नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिएका एथलेटिक्सका जितबहादुर केसी र कराँतेका विष्णु नेपालीलाई समान १ लाख २५ हजार रुपैयाँ सहयोग गरिएको छ ।

भलिबलकी रिया कुँवरले ६३ हजार ९ सय २९, आईटीएफ तेक्वान्दोका दीपक गौतमले ८७ हजार ९ सय १४, कराँतेकी कोपिला विष्टले ७५ हजार र ब्याडमिन्टनकी सीमा राजवंशीले ८० हजार प्राप्त गरे ।

केसीलाई हातमा चोट, विष्णुलाई पक्षघात, रिया, सीमा र कोपिलालाई घुँडामा चोट तथा दीपकलाई काँघको उपचारका लागि सहयोग गरिएको हो ।

कोषका अध्यष समेत रहेका राखेपका सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

सदस्य–सचिव घिसिङले सानो सहयोगले पनि ठूलो अर्थ राख्ने बताउँदै कोषको आयतन बढाउनु पर्नेमा जोड दिए । ‘सानो सहयोगले पनि ठूलो अर्थ राख्छ । राष्ट्रको प्रतिष्ठा र गौरव बढाउने खेलाडीको सहयोगका लागि अन्य निकायको पनि सहयोग खाँचो छ,’ सदस्य–सचिव घिसिङले भने, ‘कोषको आकार बढाउन आवश्यक छ । यो कार्यमा म लागिरहेको छु । तपाईहरुको पूर्ण स्वास्थ्य लाभको कामना गर्छु ।’

सदस्यसचिव घिसिङले सोमबारमात्र अदालती झमेलाका कारण आफूले कार्यसम्पादन गर्न नपाएको ३ महिना ३ साताको समयमा आएको पारिश्रमिक २ लाख ९ हजार ११४ रुपैयाँ यो कोषमा हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?