+
+

एसियाडको लागि साइक्लिङको प्रारम्भिक छनोट वैशाख १६ मा हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते ७:५२

१४ वैशाख, काठमाडौं । आगामी सेप्टेम्बरमा चीनको होन्जोउ सहरमा आयोजना हुने १९औं एसियन गेम्स (एसियाड) का लागि साइक्लिङको राष्ट्रिय टिमको प्रारम्भिक छनोट प्रतियोगिता यही बैक्काख १६ गते हुने भएको छ ।

नेपाल साइक्लिङ संघले मंगलबार सुचना जारी गर्दै एसियाडमा समावेश भएको खेल साइक्लिङकमा लागि राष्ट्रिय टिमको छनोट गर्न एक दिने प्रारम्भिक छनोट प्रतियोगिता हुने जनाएको छ ।

छनोट प्रतियोगिताको काठमाडौंको जगडोल, गोकर्णमा हुने संघले जनाएको छ ।

छनोट प्रतियोगितामा १३ औ दक्षिण एशियाली खेलकुदमा पदक विजेता खेलाडीहरु, १३ औ दक्षिण एशियाली खेलकुद पछिका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता भइ पदक विजेता खेलाडीहरु, १३ औ दक्षिण एशियाली खेलकुदमा बन्द प्रशिक्षणमा समावेश भएका खेलाडीहरू, रसुवा हाई अल्टिच्युट एमटिबी प्रतियोगिता र लिगलिग एमटिबी प्रतियोगितामा १० औ स्थान सम्म रहेका खेलाडीहरुले भाग लिन पाउनेछन् ।

सम्पुर्ण छनौट राष्ट्रिय खेलकुद परिषद्को निर्देशन अनुसार हुने हनाले आवेदन प्राप्त भएपछि छनोट खेलको लागि अन्तिम सहभागिताको नामावली अनुसार खेलाडीहरूलाई सम्पर्क गरिने पनि संघले जनाएको छ ।

छनोट प्रतियोगितामा क्रिस कन्ट्री तर्फ पुरुष इलिट र  महिला तथा डाउन हिलतर्फ पनि पुरुष इलिट र महिला इलिट गरी कूल चार इभेन्ट समावेश गरिने संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?