+
+

सम्भोगपछि पोथीबाट बँच्न यसरी दौडिन सिक्यो भाले माकुरा (भिडियो सहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते १९:४०

१४ वैशाख, काठमाडौं । माकुराहरुको संसार उनीहरुले बनाउने जालो भन्दा पनि जटिल हुन्छ । एउटा यस्तो प्रजातिको माकुरा हुन्छ जसमा सम्भोगपछि पोथी माकुराले भाले माकुरालाई मारेर खान्छ । अर्थात् भाले माकुराले जुन पोथीसँग सम्भोग गर्दछ, सम्भोग पश्चात् सोही पोथीबाट मारिनुपर्दछ ।

तर बाँच्ने रहर कसलाई पो हुँदैन र ? सम्भोगको बदलामा आफ्नो ज्यानै पोथीको आहारा बनाउनुपर्ने दर्दनाक अवस्थाबाट मुक्ति पाउने उपाय भाले माकुराले सिकिसकेको छ । भाले माकुराले सम्भोगपश्चात् पोथीबाट आफ्नो ज्यान जोगाउने कला सिकिसकेको तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

वास्तवमा सम्भोगको कार्यलाई निकै सुखद मानिन्छ । तथापि कतिपय जनावरका लागि चाहीँ यो क्रिडा जिवन मरणको सवाल बन्दछ ।

शोधकर्ताहरुका अनुसार फिलोपोनेला प्रोमिनेन्स प्रजातिको माकुराको पोथीले सेक्स पश्चात् आफ्नो भाले पार्टनरलाई मारेर खाने गर्दछ ।

तर बाँच्ने इच्छा कसलाई पनि हुँदैन र ? जहाँ इच्छा, त्यहाँ उपाय भनेझैँ पोथीबाट मारिनुपर्ने बाध्यताबाट मुक्ति पाउने तथा जिउने इच्छाले भाले माकुरालाई बुद्धिमान बनाइदिएको छ ।

पोथीको घातक आक्रमणबाट ज्यान जोगाउनका लागि उक्त प्रजातिका भाले माकुराहरु अहिले सेक्स पश्चात् निकै तीव्र गतिमा बाहिर निस्किन्छन् ता कि पोथीले फेला पार्न नसकोस् । सेक्स पश्चात् पोथीबाट जोगिनका लागि तिव्र गतिमा बाहिर आउने भाले माकुराको उक्त व्यवहारलाई वैज्ञानिकहरुले post-coital catapult भनेका छन् ।

करेन्ट बायोलोजीमा हालै एउटा शोध प्रकाशित भएको छ । उक्त शोधमा भाले माकुरा सम्भोगबाट तिव्र गतिमा बाहिर निस्कने प्रक्रियाका बारेमा विस्तृतमा उल्लेख गरिएको छ ।

आफुलाई सुरक्षित बनाउनका लागि सेक्स पार्टनरबाट टाढा भाग्न भाले माकुराले आफ्नो पहिलो जोडी खुट्टाको प्रयोग गर्दछ । पोथीलाई चक्मा दिँदै त्यसक्रममा भाले माकुरा ८८ सेन्टिमिटर प्रतिसेकेण्डको गतिमा दौडिने गरेका पाइएको छ ।

सेक्स पश्चात् हुने उक्त दौडको प्रक्रिया टिबिया मेटाटेरस जोर्नीको सहयोगमा हुन्छ जसले भाले माकुरालाई पोथीको विपरित मोड्दछ । सेक्स पश्चात् खुट्टा स्वतन्त्र हुन्छन् र हाइड्रोलिक दबाबका कारण गति बढ्दछ र माकुरा हावामा तिव्र गतिमा उडेको जस्तो देखिन्छ ।


शोधकर्ता समेत रहेका चीनको हुबेइ विश्वविद्यालयका शिचांग झांगका अनुसार यो प्रक्रिया यति तिव्र गतिमा हुन्छ कि त्यसलाई रेकर्ड गर्नका लागि निकै मुस्किल परेको थियो । सामान्य क्यामराले त्यसलाई प्रष्ट रुपमा रेकर्ड गर्न सकिँदैन ।

शोधकर्ताहरुका अनुसार यो प्रजातिका माकुराहरु समूहमा बस्दछन् र एउटा जालोमा ३ सयवटा सम्म माकुरा बस्दछन्।

शोधकर्ताहरुले नजिकबाट हेर्नका लागि क्यामरा लगाए र यदि भाले माकुरालाई पेन्टिङ ब्रसले पोथीहरुबाट बाहिर निस्किनका लागि रोकेमा के हुन्छ ? भन्ने पनि हेरे ।

त्यसक्रममा के पाइयो भने सम्भोग पश्चात् जो माकुराहरु बाहिर निस्किन सके उनीहरु बाँचे । १ सय ५५ मध्ये १ सय ५२ वटा भाले माकुराले आफुलाई पोथीको आहारा हुनबाट बँचाए । जबकि बाहिर निस्किन नपाएका ३ वटा भाले माकुरालाई चाहीँ पोथीले मारेर खाए । त्यस्तै पेन्ट ब्रसको सहयोगमा सेक्स पश्चात् बाहिर निस्किनबाट रोकिएका अन्य ३० वटा भाले माकुराहरु पनि पोथीको सिकार बनेको पाइयो ।

शोधकर्ताहरुका अनुसार सेक्स पश्चात् तिव्र गतिमा बाहिर कुँदेर ज्यान जोगाउने भाले माकुराको उक्त व्यवहार यौनभक्षण (sexual cannibalism ) बाट बँच्ने तरिका हो ।

उक्त प्रजातिमा भाले माकुराको सरीरको लम्बाई करीब ३ मिलिमिटर हुन्छ । तर सेक्स पश्चात् उक्त माकुरा ८२ सेन्टिमिटर प्रतिसेकेण्डको गतिमा भाग्दछ ।

कल्पना गर्नुहोस् १.८ मिटर अग्लो कुनै पुरुष एक सेकेण्डमा ५ सय ३० मिटर दौडिने ! जुन असम्भव छ । आखिर भाले माकुराले आफ्नो ज्यान जोगाउनका लागि मानिसले समेत गर्न नसक्ने काम गर्दछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?