+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

वृद्ध भत्ता हामीले नै सुरू गरेका हौं : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १५ गते १४:२६
फाइल तस्वीर

१५ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वृद्ध भत्ता लगायतका सामाजिक सुरक्षा भत्ताको सुरुवात आफूहरुले गरेको दाबी गरेका छन् ।

बिहीबार राजधानीमा आयोजित पार्टी एकीकरण कार्यक्रममा नेपालले २०५१ सालमा केपी ओली (एमाले अध्यक्ष)ले नभई आफूहरुले सामाजिक सुरक्षा भत्ताको सुरुवात गरेको दाबी गरे ।

‘२०५१ सालमा बुढापाकालाई वृद्धभत्ता दिने काम हामीले नै गरेका हौ । हामीले नै अपाङ्गता भएका, एकल महिलाहरुलाई वृद्ध भत्ता दिनुपर्ने व्यवस्था गरेका हौं,’ उनले भनेका छन्, ‘अहिले म सुन्दै छु, एमालेको ओली गुटले हामीले गर्‍यौं भन्दै छन् । उनको त भूमिकै थिएन । त्यहाँ भूमिका थियो भने मनमोहन अधिकारीको थियो, माधव नेपालको थियो । भरतमोहन अधिकारीको थियो ।’

ओली सरकारमा हुँदा भ्रष्टाचार गर्ने काम मात्र गरेको उनको दाबी छ । ‘केपी ओली भएका बेला उनले पनि केही काम गरे,’ नेपालले भने, ‘यति ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरे । ओम्नी प्रकरणमा जनतालाई लुट्ने काम गरे । उनले लुट्ने, चुस्ने काम गरे । देश र जनताको सेवा गर्ने काम हामीले गर्‍यौं । दुःख दिने काम उनले गरे, सुख दिने काम हामीले गर्‍यौं ।’

ओलीको चर्को आलोचना गरेका उनले ‘गफाडी नम्बर १’को संज्ञा दिए ‘गफमा उनी अगाडि, काममा हामी अगाडि,’ एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘गफाडी नम्बर १ उनी, काममा अत्यन्तै फास्ट हामी । यही हो दुईटामा रहेको फरक । हामी इमान्दारिता र निष्ठाको राजनीति गर्ने मान्छे, उनी बेमानी र जालझेलको राजनीति गर्ने मान्छे ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?