१५ वैशाख, पोखरा । सत्तारुढ पाँच दलीय गठबन्धननले आफ्नो घोषणापत्र तथा प्रतिवद्धता सार्वजनिक गर्ने कार्यक्रमस्थल बाहिर नेपाली कांग्रेसका कार्यकर्ताले नाराबाजी गरेका छन् ।
पोखराका विभिन्न वडामा उम्मेदवारी घोषणा गरेर प्रचारप्रसारमा लागिसक्दा पनि भागबण्डामा अर्कालाई दिन लागिएको भन्दै उनीहरुले कार्यक्रमस्थलको गेटमा ताला लगाएका हुन्
पोखरा महानगरपालिकाको वडा नं. १८, २४, २२ नेकपा माओवादी केन्द्रलाई दिन लागिएको भन्दै कांग्रेस कार्यकर्ताले नाराबाजी गरेका छन् ।
कांग्रेस कार्यकर्ताले कार्यक्रमस्थलमा नै ताला लगाइदिएपछि २ बजे भनिएको गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रम सुरु हुन सकेको छैन ।
पोखरा महानगरको मेयर नेकपा एकीकृत समाजवादीलाई दिएपछि पोखराका कांग्रेस कार्यकर्ता शीर्ष नेतृत्वप्रति आक्रोशित थिए । अब ३ वटा वडा पनि माओवादीलाई दिन लागेपछि उनीहरु झनै आक्रोशित भएका छन् ।
प्रतिक्रिया 4