+
+

तुलसीपुरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका पाण्डेयले लिए उम्मेदवारी फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते १६:१२

१६ वैशाख, दाङ । तुलसीपुर उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार दिएका धर्मराज पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन् । उनले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् ।

उम्मेदवारी फिर्ता लिंदै उनले आफूले सत्ता पक्ष गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई समर्थन गरेको बताए । पाण्डे नेपाली कांग्रेसका क्रियाशील सदस्य हुन् ।

उनी तुलसीपुर उपमहानगरपालिका वडा-५ निवासी हुन् । उनले सत्तागठबन्धनका साझा उम्मेदवार गिरीलाई सघाउने बताए ।

तुलसीपुरमा स्वतन्त्रबाट प्रमुखमा उम्मेदवारी दिनेमा उनी एक मात्र उम्मेदवार थिए । तुलसीपुरको उपप्रमुखमा भने स्वतन्त्रबाट दुई जनाको उम्मेदवारी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?