+
+

कहिले भयो ऐनाको आविष्कार ? को हुन् ऐना हेर्ने पहिलो व्यक्ति ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते १६:२३

१६ वैशाख, काठमाडौं । ऐना नहुँदो हो त के हुन्थ्यो होला ! कहिल्यै सोँच्नुभएको छ ? वास्तवमा ऐना सानो चिज भैकन पनि मानव जिवनको अभिन्न हिस्सा भैसकेको छ । हामी कस्तो देखिन्छौँ ? कस्तो देखिन चाहन्छौँ ?

आफ्नो स्याहार गर्ने, श्रृंगार गर्ने तथा आफ्नो जिउको तथा अनुहारको ख्याल गर्नका लागि हामीलाई ऐनाले नै सिकाएको हो । तर यस्तो ऐनाको आविष्कार कसले गर्यो होला ? विश्वमा सबैभन्दा पहिले ऐना कसले हेरको होला ? यो धेरैलाई थाहा नहुन सक्दछ ।

विश्वमा ऐनाको आविष्कार सन् १८३५ मा भएको हो । जर्मन रसायन वैज्ञानिक जस्टस भोन लिबिगले काँचको पाताको सतहमा चाँदीको पातलो पत्र लगाएर ऐनाको आविष्कार रेका हुन् । त्यसभन्दा अघि ऐना प्रचलनमा थिएन ।

मानिसहरु स्थिर पानीको सतहमा आफ्नो अनुहार हेर्ने गर्दथे । सन् १८३५ मा ऐनाको आविष्कार भएपछि पनि ऐना गरिबको पहुँचमा थिएन । किनकी काँच निकै महंगो थियो। घरमा ऐना हुनु लक्जरीको विषय थियो त्यतिबेला ।

सन् १८३५ मा आधुनिक ऐनाको आविष्कार हुनु अगाडि ८ हजार वर्ष अगाडि देखि नै विशेष खालको ऐनाको प्रयोग हुने गरेको इतिहास छ । हालको टर्कीमा पर्ने एनाटोलियामा ८ हजार वर्ष अगाडि नै लेपन गरिएको ओब्सिडियनबाट बनाइएको ऐनाको प्रयोग गरिन्थ्यो ।

प्राचीन मेक्सिकोमा पनि यस्तै खालको ऐना प्रयोग हुने गरेको थियो । तर त्यस समयमा ऐनालाई आम मानिसले आफ्नो अनुहार हेर्नका लागि भन्दा पनि जादुको उपकरणको रुपमा प्रयोग गरिन्थ्यो जसको माध्यमबाट देवता तथा मानिसका पूर्वजको दुनिया देख्न सकिने विश्वास गरिन्थ्यो ।

मिश्रको सभ्यतामा आजभन्दा ४ हजार वर्ष अगाडि तामालाई लेपन गरी ऐना बनाइएको थियो । त्यसको करीब १ हजार वर्षपछि दक्षिण अमेरिकामा पोलिस गरेर टल्काइएको ढुंगाबाट ऐना बनाइयो ।

Discovery of mirror

इश्वीको पहिलो शताब्दीमा रोमन लेखक प्लिनी द एल्डरले काँचको ऐनाका बारेमा वर्णन गरेको पाइन्छ । तर ती ऐनामा हालका आधुनिक ऐनामा जस्तो प्रतिबिम्ब देखिँदैनथ्यो । ती ऐना निकै सानो हुनुका साथै त्यसमा देखिने प्रतिबिम्ब निकै धमिलो हुन्थ्यो ।

मानिसले ऐनामा आफ्नो सफा अनुहार हेर्नका लागि सन् १८३५ सम्म प्रतिक्षा गर्नुपर्‍यो। तर मानिस त्यसबाट पनि सन्तुष्ट भएन । सन् १९३५ मा पपुवा न्युगिनीको खोजी गर्ने अन्वेषक तथा व्यापारी ज्याक हाइड्सले आफूसँग ऐना लिएर गएका थिए । उनले त्यसबेला पपुवा न्युगिनीमा व्यापार गर्नका लागि अन्य वस्तुसँगै ऐना पनि लिएर गएका थिए ।

Discovery of mirror

पपुवा न्युगिनीमा ऐना हेर्ने पहिलो व्यक्ति तेबिली हुन् भनिन्छ । उनले निकै रमाएर ऐना हेरेका थिए । त्यसपछि उनले आफ्नो आदिवासी समुदायको प्रमुख पुया नामको व्यक्तिलाई ऐना हेर्न दिए । ऐनामा आफ्नो अनुहार देखेपछि ती व्यक्ति अनौठो र खुसी मान्दै दौडिन थाले । उनले तेबिलीलाई ऐना समाउन भने र आफूले फरक-फरक एंगलबाट ऐना हेर्न थाले । नजिक र टाढाबाट आफ्नो प्रतिबिम्ब ऐनामा हेरे ।

तर पछि आदिवासीका प्रमुख पुयालाई अकस्मात त्यो ऐना मानिसका लागि निकै खतरनाक हो भन्ने लाग्यो र ऐना तत्कालै फिर्ता गर्न तेबिलीलाई निर्देशन दिए । आदिवासी नाइकेको यस्तो भनाई खोजयात्री ज्याक हाइड्सलाई मन परेन । उनले यसलाई आफ्नो अपमान ठाने ।

Discovery of mirror

आदिवासी नाइके पुयाले चाहिं ऐना कुनै जादुको वस्तु भएको र पुर्वजहरुले ल्याएको ठहर गरे । जबकी पुया नै एक जादुगर भएको र आफ्नो शक्तिका कारण आफ्नो आदिवासी समुदायलाई नियन्त्रण गरिरहेको ज्याक हाइड्सको ठम्याई थियो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?