+
+

रुपन्देहीमा ३४ जनाको उम्मेदवारी फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते १८:४१

१६ वैशाख, बुटवल। रुपन्देहीमा सत्तारुढ गठबन्धनबाट मेयर र उपमेयरमा परेका अधिकांश उम्मेदवारी फिर्ता भएको छ ।

गठबन्धनका माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट मेयर र उपमेयरका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका हुन् ।

बुटवल उपमहानगरमा मेयर पदमा जसपाका सुरज हितान, राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद पोखरेल तथा स्वतन्त्र उम्मेदवारहरु रुद्रप्रसाद शर्मा र जस्मिन पौडेलले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै सिद्धार्थनगर नगरपालिकामा माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार मनिषकुमार जोशीले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

उपप्रमुखमा बुटवलबाट जसपाकी सम्झना पौडेल,राष्ट्रिय जनमोर्चाकी रेणुकुमारी सिंह क्षेत्री, विवेकशील साझाकी कल्पना भण्डारी र स्वतन्त्रकी रचना श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन् ।

यस्तै सिद्धार्थनगरबाट उपमेयरका उम्मेदवारहरु कांग्रेसकी पल्लवी न्यौपाने र राजमोकी दुर्गादेवी शर्माले उम्मेदवारी फिर्ता लिएका छन् ।

विभिन्‍न निर्वाचन कार्यालयहरुका अनुसार साँझ ६ बजेसम्म प्राप्त जानकारी अनुसार बुटवलमा ७ जना वडा अध्यक्ष र सदस्यसहित २७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?