+
+

फेसबुकबाट प्रचार गर्न नपाउनु अभिव्यक्ति स्वतन्त्रता विपरीत : महामन्त्री शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते १९:००

१६ वैशाख, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन आचारसंहिताका कतिपय प्रावधान अभिव्यक्ति स्वतन्त्रता विपरीत रहेको भन्दै असन्तुष्टि जनाएका छन् ।

महामन्त्री शर्माले संविधानले हरेक व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित गरेको तर निर्वाचन आचारसंहितामा भने त्यसलाई बन्देज लगाउन खोजिएको भन्दै निर्वाचन आयोगप्रति असन्तुष्टि जनाएका हुन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी निकट नेपाल साँस्कृतिक संघले गरेको चुनावी गीत सार्वजनिक कार्यक्रममा उनले उम्मेदवार र पार्टीको आधिकारिक फेसबुक पेजबाट मात्रै चुनावको प्रचार गर्न मिल्ने तर अन्य नागरिकले नमिल्ने भन्ने निर्वाचन आचारसंहिताको व्यवस्था सच्याउनुपर्ने बताए ।

‘सामाजिक सञ्जालबाट प्रचार गर्न नपाउने हो भने, उम्मेदवारले मात्रै गर्न पाउने भन्ने हो भने, पार्टीले मात्रै आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रचार गर्ने भन्ने हो भने त्यो अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाएको हुन्छ’ शर्माले भने ।

महामन्त्री शर्माले निर्वाचनमा बेला झुटा आश्वासन बाँडेर नहिँड्न पनि पार्टीका उम्मेदवारहरुलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?