+
+

एसियाली खेलकुद लागि भारोत्तोलन र कुस्ती खेलाडीको प्रारम्भिक छनोट

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १७ गते १७:०१

१७ वैशाख, काठमाडौं । एसियाली खेलकुदका लागि भारोत्तोलनबाट समान ८ पुरुष/महिला गरी १६ खेलाडीको प्रारम्भिक छनोट गरिएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा भएको छनोट प्रतियोगिताबाट पुरुष ६१ केजीमा नेपाल आर्मीका तुलाराम महतो, ६७ केजीमा नेपाल प्रहरीका प्रकाश केसी छनोट भएका छन् ।

यस्तै ७३ केजीमा आर्मीका राजु चौधरी र कञ्चनपुरका अशोकसिंह भण्डारी, ८१ केजीमा कञ्चनपुरका विकास भट्ट, ९६ केजीमा प्रहरीका विशालसिंह विष्ट, १०९ केजीमुनि कञ्चनपुरका सुभाष उपाध्याय तथा १०९ केजीमाथि प्रहरीका सागर भण्डारी छनोट भए ।

नेपाल भारोत्तोलन संघद्वारा आयोजित प्रतियोगिताको महिला ४९ केजीमा प्रहरीकी संगिता राई र आर्मीकी मनीषा रानाभाट, ५५ केजीमा बाँकेकी सन्जु चौधरी, ६४ केजीमा आर्मीकी कमला श्रेष्ठ र आर्मीकै शारदा चौधरी, ७६ केजीमा प्रहरीकी जुनुमाया छन्त्याल, ८७ केजीमुनि प्रहरीकी तारादेवी पुन तथा ८७ केजीमाथि प्रहरीकी विद्या राई छानिए ।

प्रतियोगितामा क्लिन एन्ड जर्क, स्न्याच र कुलमा गरी पुरुष÷महिलामा ७–७ गरी १४ नयाँ राष्ट्रिय कीर्तिमान बने । पुरुषमा विकास भट्टले १, विशालसिंह विष्टले २, सुभाष उपाध्यायले ३ र सागर भण्डारीले १ कीर्तिमान बनाए । महिलामा सन्जु चौधरीले १ तथा तारादेवी पुन र विद्या राईले समान ३ राष्ट्रिय कीर्तिमान रचे ।

कुस्तीमा छानिए १५ खेलाडी

कुस्तीमा ७ पुरुष र ८ महिला गरी १५ खेलाडी पहिलो चरणलाई छनोट भएको छनोट समितिका संयोजक समेत रहेका कुस्तीका पूर्व मुख्य प्रशिक्षक खगेन्द्रबहादुर बस्नेतले जनाएका छन् ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको छनोट प्रतियोगिताको पुरुष ८६ केजीमा आर्मीका आदित्यराज यादव, प्रहरीका दीपेश राउत कंकर र आर्मीका वीरेन्द्रसिंह साउद तथा ७४ केजीमा आर्मीका सुरेश चुनारा, प्रहरीका गंगाराम चमार, बाँकेका फजिल राउत अहिर र प्रहरीका धर्मेन्द्रप्रसाद यादव सफल भए ।

महिला ६२ केजीमा आर्मीकी सुशिला चन्द, आर्मीकै निर्मला जागरी, कञ्चनपुरका कोमल खत्री र विमला सुनार तथा ५७ केजीमा आर्मीकी शिवाङ्गी दुवे, एपीएफकी अम्बिका भण्डारी, कञ्चनपुरकी मनीषा सिंह र आर्मीकी लक्ष्मी तामाङ पहिलो चरणमा प्रवेश गरे ।

एकदिने छनोट प्रतियोगिताको पुरुषमा ८ र महिलामा १२ गरी २० खेलाडीले प्रतिस्पर्धा गरेको संयोजक बस्नेतले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?