+
+

गुगल सर्चबाट आफ्नो व्यक्तिगत जानकारी हटाउन कसरी निवेदन दिने ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १८ गते १२:५२

काठमाडौं । गुगलले व्यक्तिगत पहिचान गराउने खालका जानकारीहरु गुगल सर्चबाट हटाउने निर्णय गरेको छ ।

व्यक्तिगत पहिचानको चोरी, वित्तीय ठगी, हानीकारक प्रत्यक्ष सम्पर्क तथा अन्य विभिन्न हानी नोक्सानीको परिणाम ल्याउनसक्ने सम्भावना भएका व्यक्तिगत पहिचानयुक्त जानकारीहरु (पर्सनल्ली आइडेन्टिफायबल इन्फर्मेसन) लाई हटाउने घोषणा गुगलले गरेको हो ।

साथै गुगलले व्यक्तिगत जानकारी हटाउनका लागि भन्दै आउने निवेदनका बारेमा निश्चित मापदण्डमा रहेर मूल्यांकन गरिने र त्यस्तो पुष्टि भएमा मात्र हटाइने जनाएको छ ।

निवेदनको मूल्यांकनका आधारमा गुगलले सबै अनुरोध बमोजिमका URL हरु हटाउने, निवेदकको आफ्नो नाम संलग्न URL मात्र हटाउन सक्नेछ । त्यस्तै निवेदनको मूल्यांकन गर्दा दाबी गरिएबमोजिम व्यक्तिगत पहिचानको जानकारी नरहेको पाइएमा गुगल सर्चबाट त्यस्तो सामग्री हटाउने छैन ।

गुगलका अनुसार गुगल सर्चबाट हटाउनका लागि निवेदन गर्न सकिने व्यक्तिगत पहिचानयुक्त जानकारीहरु यी हुन् –

  • गोप्य सरकारी परिचयपत्र नम्बर जस्तै अमेरिकाको सामाजिक सुरक्षा नम्बर, अर्जेन्टिनाको एकल कर पहिचान नम्बर, ब्राजिलको Cadastro de pessoas Fisicas, कोरियाको बासिन्दा दर्ता नम्बर, चीनको बासिन्दा परिचय कार्ड आदि ।
  • बैंक अकाउन्ट नम्बर
  • क्रेडिट कार्ड नम्बर
  • हस्तलिखित दस्तखतको तस्वीर
  • परिचयपत्र कागजातका तस्वीर
  • चिकित्सा रेकर्ड लगायतका नितान्त व्यक्तिगत, गोप्य तथा आधिकारीक अभिलेखहरु
  • गोप्य लगइन क्रेडेन्सियल (आइडी तथा पासवर्ड)

गुगल सर्चमा उल्लेखित सामाग्री हटाउनका लागि सबैभन्दा पहिले निवेदकका उल्लेखित कुनै सामाग्रीहरु गुगल सर्चमा उपलब्ध हुनुपर्नेछ । त्यस्ता सामाग्रीका कारण  प्रत्यक्ष वा अप्रत्यक्ष खतरा रहेको हुनुपर्ने बताइएको छ ।

यसरी गुगल सर्चमा रहेका आफ्ना व्यक्तिगत पहिचानयुक्त जानकारी संलगन सामाग्रीको लिंक हटाउनका लागि व्यक्ति स्वयं वा उसको अधिकारप्राप्त व्यक्तिले गुगलमा निवेदन दिनसक्ने छ । निवेदन दिनका लागिः

  • https://support.google.com/websearch/troubleshooter/9685456#ts=2889054%2C2889099 क्लिक गरी request फाराम खोल्नुहोस् । त्यहाँ तपाईंले तीन वटा महत्वपूर्ण प्रश्नको जवाफ दिनुपर्ने हुन्छ ।
  • What do you want to do ? भन्ने प्रश्नमा तपाईंले आफूले गर्न चाहेको कुरा भर्नुहोस् ।
  • Let us know where you saw the information you want to have removed मा गुगल सर्चमा आफूले हटाउन चाहेको सामाग्री कहाँ फेला परेको हो ? उल्लेख गर्नुहोस् ।
  • The information I want removed is भन्ने प्रश्नमा गुगल सर्च रिजल्ट र वेबसाइट दुबैमा हो कि गुगल सर्चमा मात्रै हटाउन खोजेको हो चयन गर्नुहोस् ।
  • सबै आवश्यक जानकारी भरिसकेपछि तपाईंले आफ्नो इमेल ठेगाना, फोन नम्बर, पूरा नाम लगायतका व्यक्तिगत जानकारीहरु पनि भर्नुपर्नेछ ।

यसरी निवेदन दिइसकेपछि निवेदन प्राप्त भएको भनी तपाईंको इमेलमा तत्कालै अटोमेटेड इमेल कन्फर्मेसन प्राप्त हुनेछ । त्यसपछि गुगलले तपाईंको निवेदनमाथि मूल्यांकन गरी तपाईंको दाबी र अनुरोधले माथि उल्लेखित मापदण्ड पूरा गर्ने नगर्ने निर्क्यौल गर्नेछ ।

गुगलले कतिपय अवस्थामा निवेदकलाई आफ्नो दाबी सम्बन्धमा थप जानकारीहरुको पनि माग गर्न सक्दछ ।

सबै प्रक्रिया पूरा भैसकेपछि निवेदन अनुसार सामाग्री हटाइएको वा हटाउनु नपर्ने निर्णय भएको भए पनि सोही कुराको समेत जानकारी गराएर गुगलले तपाईंलाई इमेल पठाउनेछ । एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?