+
+

आईजीपी बढुवाविरुद्ध दुई सिनियर एआईजी अदालत जाने तयारीमा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १८ गते १४:०२

१८ वैशाख, काठमाडौं । सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेपछि दुई सिनियर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ले अदालत जाने तयारी गरेका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेपछि एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाले त्यसविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गर्नेबारे छलफल थालेका हुन् ।

पोखरेलनिकट स्रोतले अनलाइनखबरसँग भन्यो, ‘नेपाल प्रहरीको इतिहासमै यति धेरै अन्याय भएको थिएन, अदालत जानेबारे उहाँले छलफल गरिरहनुभएको छ ।’ थापा निकट एक अधिकृतले पनि अदालत जानेबारे छलफल भइरहेको अनलाइनखबरलाई बताए ।

पोखरेल र थापा एआईजी बनेको एक वर्षपछि सिंह एआईजीमा नियुक्त भएका थिए । त्यसैले पोखरेल र थापाले वरिष्ठता र कार्यसम्पादनका आधारमा आफू महानिरीक्षक हुनुपर्ने माग गर्दै अदालत जाने तयारी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?