+
+

एनभीए क्लब लिग : गण्डकी र पुलिसको विजयी सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १८ गते १६:४८

१८ वैशाख, काठमाडाैं । गण्डकी प्रदेश भलिबल क्लब र नेपाल पुलिस क्लब छैठौं आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा पुरुष तर्फ विजयी सुरुवात गर्न सफल भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सन्चालन भएको पहिलो खेलमा गण्डकीले ३–१ को सेटमा जित निकाल्यो । गण्डकीले ढोरपाटन स्पोर्टस् क्लब माथि २५–१६, २३–२५, २५–१९, २६–२४ को जित निकाल्दै ३ अंक जोडेको हो ।

आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबले पनि ३ अंक खातामा राख्न सफल भयो । पुलिसले गलकोट स्पोर्टस् क्लबलाई २५–१५, २५–१७, २५–२२ को सोझो सेटमा पराजित गरेको हो ।

वैशाख १८ गते देखि २४ गते सम्म सन्चालन हुने लिगको प्रमुख अथित िराष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए ।

क्लब लिगमा महिलातर्फ न्यू डायमण्ड स्पोर्टस् क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र बुटवलको एभरेष्ट भलिबल क्लबको सहभागिता छ । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, हेल्प नेपाल स्पोर्टस् क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, गलकोट स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल क्लब र ढोरपाटन स्पोर्टस क्लबको सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?