+
+

बागीलाई उम्मेदवारी फिर्ताको घोषणा गर्न माओवादीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १८ गते २०:१५

१८ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश समितिले प्रदेशभित्रका पालिका तथा वडामा बागी उम्मेदवारी दिएकाहरुलाई सोमबार साँझ पाँच बजेसम्म उम्मेदवारी फिर्ताको घोषणा गर्न निर्देशन दिएको छ ।

अध्यक्ष सरल सहयात्रीले आइतबार एक विज्ञप्ति जारी गर्दै पार्टीको आधिकारिक उम्मेदवारलाई सर्मथन गरेको स्वघोषणा गर्न निर्देशन दिएका छन् । ‘नेकपा माओवादी केन्द्र बागमती प्रदेशभित्र रहेका पालिका तथा वडाहरुमा पार्टीका विरुद्ध बागी (स्वतन्त्र) उम्मेदवारी दिएका कमरेडहरुलाई भोली २०७९ वैशाख १९ गते ५ बजेभित्र वक्तव्य निकाली वागी (स्वतन्त्र) उम्मेदवार नभएको र आफ्नो मत पार्टीको आधिकारिक उम्मेदवारमै रहेको स्वघोषणा गर्न निर्देशित गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

दिएको समयसीमा भित्र उम्मेदवारी फिर्ताको घोषणा नगरे पार्टी विधान र बागमती प्रदेशले जारी गरेको निर्वाचन निर्देशिका २०७९ अनुसार कारवाही गर्ने चेतावनीसमेत विज्ञप्तिमा दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?