+
+

उत्कृष्ट राइडर, क्याप्टेन र फुडमेनलाई पठाओको सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १८ गते २०:३९

काठमाडौ । पठाओले वर्ष भरिका उत्कृष्ट राइडर, क्याप्टेन, फुडमेन र रेस्टुरेन्टलाई सम्मान गरेको छ । २०७८ साल भरी उत्कृष्ट सेवा प्रदायकहरुलाई सम्मान गरिएको पठाओ नेपालका निर्देशक यशु थकालीले बताए ।

कार्यक्रममा कलाकार दिपकराज गिरी र दिपाश्री निरौला अवार्डेड राइडर, क्याप्टेन र फुडम्यानलाई ट्रफी, सम्मान पत्र र गिफ्ट ह्याम्पर प्रदान गरेका थिए । एभरेस्ट इन्स्योरेन्सको तर्फबाट अवार्ड पाउने ३५ जनालाई राइड नभएको समयमा समेत लागू हुने गरि एक लाख बराबरको मेडिकल इन्स्योरेन्स प्रदान गरिएको छ ।

पठाओलाई नेपालकै उत्कृष्ट राइड सेयरिङ प्लेटफर्म र फास्टेस ग्रोइङ कम्पनी बनाउन योगदान दिने राइडर, क्याप्‍टेन र फुडमेनहरुलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको थकालीले बताए ।

कार्यक्रममा बोल्दै आफ्नो सुरक्षीत र सुनिश्चित यात्राको साथी पठाओ रहेको कलाकार दिपाश्री निरौलाले बताइन् । नेपालमा परिवारसँगै बसेर केहि गरौ भन्नेलाई पठाओले राम्रो अवसर सिर्जना गरेको कलाकार दिपक राज गिरीले बताए ।

पठाओमा पाएको टिप्स जम्मा गरेर कुकुर तिहारको दिन काठमाडौका सडकमा भेटिएका बेवारिसे सय बढी कुकुरहरुलाई खाना खुवाएका द हेल्पिङ ह्यान्ड अवार्ड बिजेता रोनिस खड्गी सबैले कोशिस गरे समाज उत्कृष्ट हुने धारणा राख्छन् ।

अवार्ड विजेताहरु:

सर्बोत्कृष्ट बिधा
१. द स्टार राइडर: खुशीराम थारु
२. द स्टार क्याप्टेन: सोमनाथ गिरि
३. बेस्ट पफर्मिङ फुडम्यान: सागर राई

फरक क्षमताका राइडर (चार पाङ्ग्रे स्कुटर) बिधा:
मस्ट इम्पावर्ड राइडर: पुनम मिश्र र सोमनाथ राई

परोपकार बिधा:
द हेल्पिङ ह्यान्ड अवार्ड (पठाओको माद्यम माफत सामाजिक सेवा समेत गर्ने): रोनिस खड्की, कृष्ण बहादुर तामाङ, रोयत बहादुर रोका

बाइक राइडर बिधा:
१. द राइजिङ राइडर (सबैभन्दा कम उमेरको, १८ बर्ष): सन्जिब श्रेष्ठ
२. द टायरलेस राइडर(सबैभन्दा धेरै राइड लिने, ५५०० राइड): मुकुन्द राज थापा
३. युजर फेबरेट राइडर (सबैभन्दा धेरै रेटिङ, ४.८): सुदर्शनमणि डङ्गोल
४. द डेडिकेटेड राइडर(आफुलाई आएका मध्ये सबैभन्दा बढी राइड रिक्वेस्ट लिने, ९७%): तिर्थ बहादुर बिष्ट
५. द भेट्रान राइडर (सबैभन्दा लामो समय देखि राइड लिइरहेको, ४ बर्ष): दिलिप लामा
६. द अनरेवल राइडर (सस्पेन्सनमा नपरेको र धेरै राइड लिने): कपिल दिप न्यौपाने
७. द एनर्जेटिक राइडर (सबैभन्दा धेरै दिन राइड लिएको,३५० दिन): कौशल कुमार जोशी
८. द सिनियर राइडर (सबैभन्दा धेरै उमेरको, ६६ बर्ष): आश्मान राई
९. द इन्फ्लुएञ्सर (बेस्ट फिमेल) राइडर: लक्ष्मी श्रेष्ठ

क्याप्टेन (ट्याक्सी चालक) बिधा:
१. द राइजिङ क्याप्टेन (सबैभन्दा कम उमेरको, २१ बर्ष):राजेश थापा
२. द टायरलेस क्याप्टेन (सबैभन्दा धेरै राइड लिने, ३८०० राइड): कमल श्रेष्ठ
३. युजर फेबरेट क्याप्टेन (सबैभन्दा धेरै रेटिङ, ४.७५): प्रशान्त थापा
४. द डेडिकेटेड क्याप्टेन (आफुलाई आएका मध्ये सबैभन्दा बढी राइड रिक्वेस्ट लिने, ९०%) दिपक घलान
५. द भेट्रान क्याप्टेन (सबैभन्दा लामो समय देखि राइड लिइरहेको, पठाओ ट्याक्सी सुरुवात देखि नै): फरिन बहादुर क्याप्छाकी
६. द अनरेवल क्याप्टेन (सस्पेन्सनमा नपरेको र धेरै राइड लिने): रामानन्द चौधरी
७. द एनर्जेटिक क्याप्टेन (सबैभन्दा धेरै दिन राइड लिएको, २९५ दिन): पवन ढुङ्गेल
८. द सिनियर क्याप्टेन (सबैभन्दा धेरै उमेरको, ६६ बर्ष): कृष्ण लामा
९. द इन्फ्लुएञ्सर (बेस्ट फिमेल) क्याप्टेन विद्या कुमारी लामा

फुडम्यान बिधा:
१. बेस्ट पफर्मिङ फुडम्यान इनहाउस: धनेन्द्र हंसरुम्बा
२. बेस्ट पफर्मिङ फुडम्यान, साइकल (२८०० डेकिभरी): अनिस कुमार थापा
३. द सुपरस्टार फुडम्यान (सबैभन्दा धेरै रेटिङ, ४.८ ): टीका बहादुर कुँवर
४. द टायरलेस फुडम्यान (सबैभन्दा धेरै फुड डेलिभरी गर्ने, ३२०० डेलिभरी): छत्र बहादुर बस्नेत
५. द डेडिकेटेड फुडम्यान (आफुलाई आएका मध्ये सबैभन्दा बढी राइड रिक्वेस्ट लिने, ८५%) विशाल श्रेष्ठ
६. द क्लासिक फुडम्यान (सबैभन्दा लामो समय देखि, ५६५ दिन):दिलेन क्षेत्री
७. द ज्वय गिभर फुडम्यान (बेस्ट कम्युनिकेसन): राजकुमार दाहाल
८. द एभर फ्रेस फुडम्यान (सबैभन्दा धेरै दिन फुड डेलिभर गरेको, २९० दिन):शेशकान्त सुवेदी
९. द इन्फ्लुएञ्सर (बेस्ट फिमेल): फुडम्यान बन्दना राई

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?