+
+

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते १२:०१

१९ वैशाख, गुल्मी । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको इस्मा गाउँपालिका वडानम्बर-२ छल्दी निवासी ४० वर्षका गोकर्ण थापा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घर नजिकै बिजुलीको पोलमा चढी बनाउने क्रममा अचानक करेन्ट लागेर पोलबाट खसेर घाइते भएका थिए ।

घाइते थापाको उपचारको क्रममा भैरहवामा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?