+
+

बास्केटबल संघले वैशाख २५ देखि ट्यालेन्ट हन्ट गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते १४:४१

१९ वैशाख, काठमाडौं । नेपाल बास्केटबल संघले एसईई परीक्षा सकेर बसेका विद्यार्थीलाई लक्षित गरी ट्यालेन्ट हन्ट कार्यक्रम सन्चालन गर्ने भएको छ ।

ग्रासरुटदेखि नयाँ खेलाडी उत्पादनको लक्ष्यसहित सुरु भएको ट्यालेन्ट हन्ट कार्यक्रमको यो दशौं संस्करण हो । संघका महासचिव नरेन्द्र थापाका अनुसार पहिचान भएका प्रतिभालाई आसन्न नवौं राष्ट्रिय खेलकुदमा उनीहरुकै प्रदेशबाट प्रतिनिधित्व हुने वातावरणसमेत बनाइनेछ ।

वैशाख २५ देखि सुरु हुने ट्यालेन्ट हन्ट शनिबारबाहेक साताको ६ दिन एसईई परीक्षाको नतिजा प्रकाशन नहुन्जेलसम्म सन्चालन हुनेछ । ‘हामीले करिव ३५ दिनको कार्यक्रम तालिका बनाएका छौं,’ थापाले अनलाइनखबरसँग भने ।

देशभरका प्रतिभालाई उनीहरुकै अनुकुल स्थानमा प्रशिक्षणको व्यवस्था मिलाइएको थापाले बताए । वैशाख २५ गते त्रिपुरेश्वरस्थित राखेप कभर्डहलबाट यो कार्यक्रमको सुरुवात हुनेछ । उपत्यकामा गोल्फुटार कोर्ड, भुवनीमण्डल, एकान्तकुना, रोएल एकेडेमी सानागाउँमा तथा उपत्यकाबाहिर पोखरा, धरान, विराटनगर, भरतपुरलगायतका शहरमा र आवश्यकता हेरेर अन्य स्थानमा पनि प्रशिक्षणको व्यवस्था मिलाउन सकिने संघका महासचिव थापाले जानकारी दिए ।

संघले प्रशिक्षण शुल्कसमेत गरी हरेक खेलाडीका लागि २ हजार ५०० भर्ना शुल्क निर्धारण गरेको छ । ‘हरेक प्रशिक्षण केन्द्रमा दुईदेखि तीनजना प्रशिक्षक चाहिन्छ । बलदेखि खेल सामाग्रीको व्यवस्था गर्नुपर्ने भएकाले त्यो शुल्क लिन लागेका हौं,’ थापाले भने ।

पहिचान भएका प्रतिभालाई अर्कोवर्ष हुने यू–१६ एसियन च्याम्पियनसिप छनोटकोलागि तयार गरिने संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?