+
+

युवाका लागि खेलकुदको सामाजिक लाभ

रोमी गिरी रोमी गिरी
२०७९ वैशाख २० गते १६:३८

दैनिक जीवनमा खेलकुद अभ्यास गर्दा धेरै शारीरिक फाइदा हुन्छन्, जस्तै तौल घटाउने, मुटु रोगको जोखिम कम गर्ने ।व्यायाम शारीरिक फाइदाका लागि मात्र नभई सामाजिक रूपमा पनि फलदायी हुन्छ भन्ने थाहा पाउँदा केही युवा अचम्मित हुनसक्छन् ।

खेल खेल्नु भनेको तौल घटाउने वा मांसपेशी निर्माण गर्ने माध्यम मात्र होइन । व्यायामलाई जब युवाले जीवन शैली बनाउँछन्, यसले उनीहरूको व्यक्तित्वमा विभिन्न सामाजिक परिवर्तन ल्याउनेछ । यसले नेतृत्वदायी क्षमता विकास गर्नेछ ।

आत्मबल

‘आत्मसम्मानले अरूको नजरमा उसको आफ्नै मूल्य र महत्वसहित व्यक्तिको धारणालाई प्रस्तुत गर्छ ।’ तपाईंको आत्मविश्वास डगमगाएको छ वा आत्मादेखि नै प्रष्ट हुनुहुन्न भने समूहमा सहज महसुस गर्न वा सामाजिक रूपमा आफूलाई दाबी गर्न गाह्रो छ । आफैंले आफ्नो आत्मसम्मान सुधार गर्न कठिन हुनसक्छ ।

यद्यपि खेलकुदमा पीठ थपथपाउने, हाइ–फाइव र खेलको सुरु वा अन्तिममा विपक्षीसँग हात मिलाउने जस्ता प्रशंसनीय अभ्यास हुने गर्छ । यसले आत्मसम्मान बढाउन ठूलो सहयोग गरेको हुन्छ ।

चुनौती भनेको उनीहरूको आत्मसम्मानलाई जित वा हारका रूपमा परिभाषित गर्न नदिनु हो । यसको सट्टा उनीहरूको प्रयास र खेलप्रेमको सराहना गर्न सकिन्छ ।प्रशिक्षक र टीमका साथी खेलाडीको सहयोगी भावनाका साथै अभिभावकको प्रोत्साहनले युवाहरूको आत्मसम्मान र मनोबलमा महत्वपूर्ण प्रभाव पार्न सक्छ ।

‘तपाईंले खेल जित्नुभयो कि हार्नुभयो ?’ भनेर सोध्नुको सट्टा ‘खेल कस्तो रह्यो ?’ वा ‘राम्रो अभ्यास गर्नु राम्रो हुनेछ’ भन्ने वाक्य प्रिय सुनिन्छ ।त्योभन्दा पनि राम्रो त ‘तपाईंले यो खेलबाट कति सन्तुष्टि लिनुभयो ?’ जस्ता प्रश्नले खेलाडीको आत्मसम्मानको विकासमा सहयोग गरिरहेको हुन्छ ।

सामाजिकीकरण

युवाहरूलाई सामाजिक रूपमा सबल बनाउन खेलकुद एउटा सुन्दर तरिका हो । यदि उनीहरू संगठित खेलहरू खेल्छन् भने उनीहरूले धेरै नयाँ व्यक्तिहरूसँग परिचय गर्न पाउँछन् ।

यदि एकल खेलहरूमा संलग्न छन् भने त्यहाँ अरू मानिसहरूसँग आफ्नो अनुभव साझा गर्न सक्छन् । खेलकुदले सहकार्यको भावना, एकता र समस्या समाधानको उपाय जस्ता मूल्यवान सीपहरू विकास गर्न पनि सहयोग गर्नेछ ।

‘तपाईंले खेल जित्नुभयो कि हार्नुभयो ?’ भनेर सोध्नुको सट्टा ‘खेल कस्तो रह्यो ?’ वा ‘राम्रो अभ्यास गर्नु राम्रो हुनेछ’ भन्ने वाक्य प्रिय सुनिन्छ ।

अधिकांश सामूहिक खेलले युवालाई नेतृत्व विकास र टीम निर्माण गर्ने क्षमता प्रदान गर्दछ । यो उच्चस्तरको सहयोगले उनीहरूलाई अरूको कुरा सुन्न, सिक्न र निस्वार्थी हुन सिकाउँछ । यस्ता सीपहरूले उनीहरूलाई आफ्नो जीवनमा थप सफलताका लागि प्रेरित गर्नेछ ।

लचकता

कहिलेकाहीं युवाहरूमा अनावश्यक चिन्ताको अवस्था आउन सक्छ । तर, व्यायामले उनीहरूलाई चुनौतीको सामना र समस्या समाधान गर्न सहयोग गर्न सक्छ । जब हामी तनावबाट गुज्रिन्छौं शरीरले मुटुको धड्कन बढ्ने, पसिना आउने जस्ता प्रतिक्रिया दिन्छन् । व्यायामको नतिजा पनि ठीक त्यस्तै हो । सामान्यतः नियमित व्यायामले उच्च मानसिक तनाव वा चिन्ताको अवधिमा शरीरका प्रणालीहरूलाई विनियमित गर्न सहयोग गर्छ ।

खेलकुदले युवालाई हार्न पनि सिकाउँछ । तपार्इं खेलकुदमा संलग्न हुनुहुन्छ भने हार्नु एउटा प्राकृतिक घटना हो भनेर सजिलै बुझ्नुहुन्छ । तपाईंले असफलताबाट सिक्ने, दुःखी भावनालाई नियन्त्रण गर्ने र हारबाट फर्किने अवसर पाउनुहुन्छ । यो अनुभव युवाहरूका लागि कठिनाइहरूको सामना गर्न र मानसिक रूपमा गतिशील हुनका लागि सहयोगसिद्ध हुनेछ ।

अन्त्यमा, व्यायाम संसारभरका सबै युवाका लागि एउटा विकल्प हुनुपर्छ । जब युवाले खेललाई जीवनको माध्यम बनाउँछन्, यसले आत्मसम्मान बढाउँछ, सामाजिक सीपहरू विकास गर्न सक्छ, उपयुक्त नेतृत्व क्षमताको विकास गराउँछ ।

सबैभन्दा महत्वपूर्ण कुरा के हो भने जसले स्वतन्त्र रूपमा आफूले सबैभन्दा बढी रमाइलो मान्ने खेल गतिविधि छनोट गर्छन् उनीहरूको सफलता र शारीरिक÷सामाजिक फाइदाहरू अझ प्रभावकारी हुनेछ ।

(लेखिका नेपालबाट पहिलो ओलम्पिक स्पिकर–२०१६ र पूर्व राष्ट्रिय रेफ्री पनि हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?