+
+

राजेन्द्र लिङ्देनको आग्रह : भोट दिँदा हजार पटक विचार गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २० गते २०:३७

२० वैशाख, वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ३० वैशाखको स्थानीय तह निर्वाचनमा मतदान गर्दा सोचविचार गर्न मतदातालाई आग्रह गरेका छन् ।

मंगलबार पर्साको वीरगञ्जमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले एक भोटले आफ्नो भाग्य र भविष्य निर्धारण गर्ने बताए ।

‘भोट ख्याल ख्याल दिने, एक छाकमा, एक ट्वाकमा दिने चिज हैन, एक लिटर पेट्रोल, फुल ट्याङ्की तेलमा दिने हैन । तपाईंको भाग्य र भविष्य निर्माण गर्ने सुअवसर हो । त्यसकारण हजार पटक विचार गरेर दिनुपर्छ’ उनले भने ।

भोट दिनु भनेको आफ्नो हात काटेर दिनुसरह भएको लिङ्देनले टिप्पणी गरे । ‘हात काटेर दिने हो भोट दिने भन्ने कुरा, तपाईंले आफ्नो हात काटेर कसैलाई दिनुपर्ने भयो र दिने हो भने त तपाईले जस्तै काम गर्ने, तपाईलाई अप्ठेरो पर्दा काम दिनेलाई हातको जिम्मा दिनुपर्छ नि’ उनले भने ।

निर्वाचनबाट योग्य मानिस चुन्दा बिहारमा जस्तै परिवर्तन आउन सक्ने उनले बताए । ‘जबसम्म तपाईंले राम्रो नेता चुन्नुहुन्न, राम्रो पार्टी चुन्नुहुन्न, राजनीतिमा राम्रो मान्छेहरुलाई सहयोग गर्नुहुन्न, राजनीतिमा राम्रो मान्छे आउनुहुन्न, तबसम्म तपाईले बेरोजगारी, गरिबी, दुःख, अभावबाट मुक्ति पाउनुहुन्न’ उनले भने ।

स्थानीय तह निर्वाचनमा राप्रपाले जितेको ठाउँलाई नमुना बनाएर देखाउने प्रतिबद्धता लिङ्देनले प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?