+
+

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले माग्यो रिक्त दरबन्दी विवरण

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते १५:३३

२२ वैशाख, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रिक्त दरबन्दी विवरण माग गरेको छ ।

केन्द्रले वैशाख १ गतेदेखि २०७९ चैत्र मसान्तसम्म रिक्त भएका र रिक्त हुने शिक्षक दरबन्दी विवरण पठाउन सबै शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गरेको छ ।

केन्द्रले आगामी जेठ २० गते भित्र खाली भएका र हुने रिक्त दरबन्दी विवरण हार्ड कपी र सफ्ट कपी पठाउन एकाइलाई निर्देशन गरेको छ ।

केन्द्रले खुद पुल दरबन्दी रहेका स्थानीय तहहरूको हकमा खुद पुल दरबन्दी रहेको तहमा खुद पुल रहेसम्म विज्ञापन नगरिने भएकोले उक्त स्थानीय तहहरूको रिक्त विवरण भने नपठाउन अनुरोध गरेको छ ।

हेर्नुस् विज्ञप्ति  :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?