+
+

गुल्मीको धुर्कोटमा नमुना मतदान : ९० जना सहभागी, १२ मत बदर

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते १६:४५

२२ वैशाख, गुल्मी । मतदाता शिक्षा प्रभावकारी बनाउन गुल्मीको धुर्कोट गाउँपालिकामा नमुना मतदान गरिएको छ ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि बदर मत कम गर्न भन्दै जिल्ला निर्वाचन कार्यालय गुल्मीले नमुना मतदान गरेको हो ।

८५ वर्षीय ढुण्डीराज भण्डारीले मतदान गरेर नमुना मतदानको शुभारम्भ गरिएको थियो । नमुना मतदानमा निर्वाचन गुल्मीले मतदातालाई निर्वाचनमा मतदान गर्ने तरिका, केन्द्रको व्यवस्थापन लगायतका विषयमा मतदाताहरुलाई जानकारी गराएको थियो ।

मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाहरुको लाइन मिलाउने, मतदाता परिचय पत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारहरूलाई मत दिन सिकाइएको थियो ।

नमुना मतदान कार्यक्रममा ९० जना स्थनीयले सहभागिता जनाएको धुर्कोट गाउँपालिका निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिइन् । कुल खसेका ९० मत मध्ये १२ मत बदर भएको पौडेलले बताइन् । मतदातालाई स्वस्तिक छाप लगाए पश्चात मत बदर नहुने गरी पट्याउने विधि पनि सिकाइएको थियो । १२ वटा स्थानीय तह रहेको गुल्मीमा एउटा स्थानमा मात्रै नमुना मतदान गर्ने कार्यक्रम रहेको छ ।

गुल्मीमा २ लाख २४ हजार २७६ जना मतदाता छन् । १ सय ४२ मतदान स्थल रहेको छ गुल्मीमा २ सय ७९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार गुल्मीमा ४ सय ८९ जनप्रतिनिधिका लागि १ हजार २४३ जना मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?