+
+

पहिलो एकदिवसीयमा नेपालको खराब ब्याटिङ, जिम्बावे ‘ए’लाई १३७ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २३ गते १२:०३

२३ बैशाख, काठमाडौं । जिम्बोवे ‘ए’विरुद्ध एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले खराब ब्याटिङ गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३१.३ ओभरमा १३६ रनमा अलआउट भयो ।

जिम्बावे ए का बलरको धारिलो बलिङ सामु नेपाली ब्याटरले खुलेर खेल्न सकेनन् ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए । छैठौं नम्बरमा ब्याटिङ गरेका उनले ७० बल खेल्दा २ चौका र १ छक्का प्रहार गरे ।

करण केसीले ३६ बल खेल्दै ३ चौका मद्दतमा २५ रन बनाए । सोमपाल र करणले आठौँ विकेटका लागि ३७ रनको साझेदारी गरे ।

ओपनर कुशल भुर्तेलले १९ र दीपेन्द्र सिंह ऐरीले १८ रन बनाए । पहिलो ओभरमै ३ चौकासहित १४ रन जोडेका कुशलले १० बल खेल्दै कुल चार चौका प्रहार गरे । दीपेन्द्रले २० बल खेल्दै ३ चौका प्रहार गरे ।

आसिफ शेख र आरिफ शेख समान ५ रन बनाएर आउट भए भने रोहित पौडेलले ३ तथा आदिल आलमले २ रन बनाएर आउट भए । यस्तै कप्तान सन्दीप ४ रन बनाएर आउट हुँदा सुशन भारीले खाता खोल्न सकेनन् ।

जिम्बावेका ब्राड एभान्सले सर्वाधिक ४ विकेट लिए । यस्तै भिक्टोर न्याउची, ब्राण्डन मभुता र सेफास जुवायो २–२ विकेट लिए ।

यसअघि तीन खेलको टी–२० शृंखला बराबर भएको थियो । पहिलो खेलमा जिम्बावे ए विजयी हुँदा दोस्रो खेल वर्षाका कारण रद्ध भएको थियो । तेस्रो खेलमा नेपालले ८ विकेटले जितेको थियो ।

\ \ \

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?