+
+

दुहबीमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २३ गते १५:२२

२३ वैशाख, विराटनगर । सुनसरीको दुहबी नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ ।

दुहबी नगरपालिका-९ को छाताबेली चोकमा स्थानीय तह निर्वाचनको प्रचार-प्रसारका क्रममा ठूलो आवाजमा डिजे बजाएको विषयमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख सञ्जयसिंह थापाले बताए ।

उनका अनुसार शुक्रबार चुनाव प्रचारप्रसारका क्रममा नेपाली काङ्ग्रेस वडा अध्यक्ष उम्मेदवार मेहदी हुसेनको घर आसपास एमाले उम्मेदवार ताबिज हुसेनसहितले ठूलो आवाजमा डिजे (गीत) बजाएको भन्दै विवाद सुरु भएको थियो । विवादपछि आक्रोशित भिडले साउण्ड सिस्टमा राखिएको गाडीमा तोडफोडपछि झडप भएको थियो।

झडपछि घटनास्थलमा भेला भएको भिडलाई प्रहरीले नियन्त्रणमा लिएको र सुरक्षा व्यवस्था कडा बनाएको सुनसरीका प्रहरी प्रमुख थापाले बताए ।

उनले थप झडपको अवस्था आउन नदिन दुवै पक्षलाई छलफलमा बोलाएको बताए । ‘सामान्य विवाद भएको हो,’ उनले भने ‘थप विवाद हुन नदिन दुवै पक्षलाई छलफलका लागि बोलाएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?