+
+

पहिलो खेलमै कसिलो बलिङ गरेकी सीताको अन्तर्राष्ट्रिय फ्रेन्चाइज अनुभव

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २३ गते १५:५४

२३ बैशाख, काठमाडौं । हङकङ क्रिकेट बोर्डको आयोजनामा दुबईमा भइरहेको फेयर ब्रेक आमन्त्रण क्रिकेट प्रतियोगितामा नेपालबाट राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्री र उपकप्तान सीता रानामगर सहभागी छन् । सीताले विहीबार टोर्नाडोज वुमनका लागि पहिलो खेल खेलिन् ।

दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालमा सीता सहभागी टिम टोर्नाडोजले सेफ्यर्स वुमनलाई १७ रनले हराउँदा उनले बलिङतर्फ १ विकेट लिइन् । डेब्यू खेलमा सीताले ४ ओभर बलिङ गरी १९ रन खर्चेर १ विकेट लिइन् ।

महिला क्रिकेटका अन्तर्राष्ट्रिय स्टारसँगको खेल तथा पहिलो पटक फ्लड लाइटमा खेलको अनुभव लिएपछि अनलाइनखबरकर्मी नमिता दाहालसँग सीताले आफ्नो अनुभव यसरी सुनाइन् ।

म पहिलोपल्ट अन्तर्राष्ट्रिय फ्रेन्चाइज खेल्दै थिएँ । सुरुमा अलिअलि डर र असहज महसुस भएको थियो । फ्लडलाइटमा मैले कहिल्यै खेलेकी थिइनँ । म सहभागी टिममा ठूला अन्तर्राष्ट्रिय खेलाडीहरु थिए । विपक्षी टिममा पनि त्यस्तै अनुभवी खेलाडीहरु थिए ।

उनीहरुले मलाई निकै सहज वातावरण बनाइदिए । सबैजना साथीजस्तै निकै सहयोगी रहेछन् ।

पहिलो ओभर बलिङ गर्दा आत्तिएको थिएँ तर त्यसपछिको ओभरहरुमा मैले सामान्य बलिङ गरेँ । डर सबै हरायो । तेस्रो ओभरको तेस्रो बलमा विकेट लिएँ । पहिलो खेल जित्यौं राम्रो भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?