+
+

गठबन्धन सफल भयो भने नेपालको भाग्य सफल हुन्छ : रामचन्द्र पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २३ गते १६:४२

२३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन सफल भयो भने नेपालको भाग्य सफल हुने बताएका छन् ।

सत्ता गठबन्धनले शुक्रबार काठमाडौंमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले गठबन्धन सफल भएमा प्रजातन्त्र सफल हुने र राष्ट्र प्रगतिमा अगाडि बढ्ने बताए ।

उनले भने, ‘गठबन्धन अहिलेको आवश्यकता हो । गठबन्धन अलिकति अप्ठ्यारो पनि हो । तर सामना गरेर अगाडि बढ्नु बाध्यता छ । गठबन्धन सफल गरायो भने नेपालको भाग्य सफल हुन्छ, प्रजातन्त्र सफल हुन्छ ,राष्ट्र प्रगतिमा अगाडि बढ्छ ।’

गठबन्धनलाई मजबुत बनाउनु जरुरी रहेको भन्दै उनले त्यसका लागि सहयोग गर्ने वातावरण बनाउन आग्रह गरे । सत्ता गठबन्धनले ६ महानगरमा भागबन्डा गरेको भन्दै एकले अर्कोलाई सहयोगको आदन प्रदाान जरुरी रहेको उनले बताए ।

गठबन्धन संविधानको अपेक्षा भएको भन्दै उनले गठबन्धनलाई मतबुत बनाएर राजनीतिक स्थिरता कायम गर्नुपर्ने उनको भनाइ थियो ।  उनले गठबन्धनका मेयर, उपमेयर, वडाध्यक्षका उम्मेदवारहरुलाई जिताउन समेत आग्रह गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?