+
+

दोस्रो एकदिवसीयमा जिम्बाब्बे ए माथि नेपाल ९ विकेटले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २४ गते १९:३८

२४ वैशाख, काठमाडौं । जिम्बाब्बे ए विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल ९ विकेटले विजयी भएको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जिम्बाब्बेले दिएको ८८ रनको लक्ष्य नेपालले ११.२ ओभरमा एक विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि ओपनर सुनिल धमलाले ३८ रन बनाए भने अर्का ओपनर आसिफ शेखले ३४ र विनोद भण्डारी ४ रनमा अविजित रहे । जितसँगै दुई एकदिवसीय सिरिज १-१ को बराबरी भएको छ ।

टस जितेर फिल्डिङ रोजेको नेपालले जिम्बाब्बे ए लाई ३१.५ ओभरमा ८७ रनमा अलआउट पारेको थियो ।

नेपालका लागि करण केसी र सोमपाल कामीले ३/३ विकेट लिए भने सन्दीप लामिछानेले २ र सागर ढकालले एक विकेट लिए ।

जिम्बाब्बेलाई सस्तैमा समेट्ने क्रममा नेपालले १२ ओभरमा नै ६ विकेट लिइसकेको थियो । जिम्बाब्बे ए का महत्वपूर्ण ब्याटर जोनाथन क्याम्पवेलले २७, ब्राड इभान्सले नटआउट २० र चेफास जुवाओले १० रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

शुक्रबार भएको पहिलो एकदिवसीय खेलमा नेपाल जिम्बाब्बेसँग ३ विकेटले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?