+
+

बेटिसलाई हराएपछि च्याम्पियन्स लिगमा बार्सिलोनाको स्थान पक्का

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २५ गते ९:०३

२५ वैशाख, काठमाडौं । बार्सिलोनाले स्पानिस ला लिगामा शनिबार राति रियल बेटिसलाई २-१ ले पराजित गरेको छ । यस जितपछि बार्सिलोनाले यस ससिजन शीर्ष चारमा स्थान पक्का गर्दै अर्को सिजनको युरोपियन च्याम्पियन्स लिगमा पनि स्थान सुरक्षित गरेको छ ।

रियल मड्रिडले यसअघि नै ला लिगाको उपाधि जितिसकेको छ ।

जोर्डी अल्वाले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि बार्सिलोना ३ अंक जोड्न सफल भएको हो । त्यसअघि अंशु फाटीले ७६औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए भने बार्सिलोनाकै पूर्व डिफेण्डर मार्क बार्टाले ७९औं मिनेटमा बेटिसका लागि बराबरी गोल गरेका थिए ।

बराबरीतर्फ अग्रसर खेलमा खल्वाले इन्जुरी टाइमको चौतो मिनेटमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।

जितपछि बार्सिलोना ३५ खेलबाट ६९ अंक जोड्दै दोस्रो स्थानमा छ । समान खेलबाट ५८ अंक रहेको रियल बेटिस भने पाँचौ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?