+
+

चितवनमा हतियार प्रहारबाट युवा संघका कुमार थापा घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २५ गते ९:१८

२५ वैशाख, चितवन । चितवनको खैरहनीमा युवा संघका नेता कुमार थापामाथि धारिलो हतियार प्रहार भएको छ । अज्ञात व्यक्तिहरुले हतियार प्रहार गर्दा थापा गम्भिर घाइते भएका छन् ।

खैरहनी–८ स्थित उनकै घर नजिक उनी माथि हतियार प्रहार भएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक अनोज विश्वकर्माले बताए । उनका अनुसार हतियार प्रहारबाट थापाको टाउको, हात र खुट्टामा चोट लागेको छ ।

घटनाको अनुसन्धानका लागि केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विश्वकर्माले बताए । थापा एक वर्ष अघि नेपाली कांग्रेसबाट एमाले प्रवेश गरेका थिए । राजनीतिक प्रतिशोधका कारण उनीमाथि आक्रमण भएको हुनसक्ने अनुमान छ ।

स्थानीय तह निर्वाचनको प्रचार प्रसारमा उनी सक्रिय रुपमा लागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?