+
+

दाङको चुनावी सभामा देउवा र प्रचण्डले सम्बोधन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २५ गते ११:०३

२५ वैशाख, दाङ । पाँच दलीय गठबन्धन दलहरूले आज दाङको तुलसीपुर र घोराहीमा चुनावी सभाको आयोजना गर्दैछन् ।

आइतबार घोराही र तुलसीपुरमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड दाङ आउँदैछन् । पोखराको सभालाई सम्बोधन गरेर देउवा र प्रचण्ड दाङ आउन लागेका हुन् ।

तुलसीपुरको अरनीको मैदान र घोराहीको जिल्ला समन्वय समितिको मैदानमा चुनावी सभा हुँदैछन् ।

घोराहीमा जिल्ला समन्वय समितिको दक्षिणतर्फको शहीद मञ्चमा हुने कार्यक्रमलाई नेताहरूले दिउँसो २ बजे सम्बोधन गर्ने तय भएको छ ।

देउवा र प्रचण्डसँगै का‌ंग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेललगायतका शीर्ष नेताहरू आउन लागेको संयुक्त गठबन्धन जिल्ला समन्वय समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?