+
+

बिरुवालाई चाहिने पानीको मात्रा र समयबारे जानकारी दिने स्मार्टवाच

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २५ गते १२:४२

अधिकांश मान्छे बोटविरुवाका सौखिन हुन्छन् । सम्भव भएसम्म घरमा सानो बगैंचा बनाएर स–साना बोटबिरुवा रोप्न चाहन्छन् । घरमा बोटबिरुवा रोप्ने गरे पनि सही समयमा पानी दिन भने बिर्सिन्छन् । अर्थात् उनीहरुलाई कुन समयमा कति पानी चाहिन्छ भन्ने थाहा नै हुँदैन ।

यस्ता समस्याबाट पार पाउन ब्राजिलका वैज्ञानिकले बोटबिरुवालाई पानी चाहिने समय र पानीको मात्राबारे जानकारी दिने स्मार्टवाच निर्माण गरेका छन् ।

ब्राजिलियन नैनोटेक्नोलोजी नेसनल ल्याबोरेटरी रिसर्चले मान्छेले नभई बोटबिरुवाले लगाउन मिल्ने स्मार्टवाच निर्माण गरेका छन् । जसले उनीहरुलाई चाहिने पानीको मात्रा र समयबारे सूचना दिनेछ ।

स्मार्टवाचले कसरी काम गर्छ ?

डेलीमेलको रिपोर्ट अनुसार ब्राजिलका वैज्ञानिकले बनाएको स्मार्टवाचले मान्छेले प्रयोग गर्ने स्मार्टवाचसरह नै काम गर्छ । मान्छेले  नाडीमा घडी बाँधे जसरी  बिरुवाको पातमा स्मार्टवाच सेन्सर लगाउन सकिन्छ । दुवै घडीले इलेक्ट्रिकल एक्टिभिटीको माध्यमबाट काम गर्छन् ।

अनुसन्धानका अनुसार स्मार्टवाचमा भएको सेन्सरलाई एप्लिकेसन मार्फत मोबाइल फोनमा कनेक्ट गर्न मिल्ने गरी निर्माण गरिएको छ । यो एप्लिकेसनले बिरुवाको सम्पूर्ण तथ्यांक वायरलेस प्रविधिबाट ट्रान्सफर गर्छ । यसबाट बिरुवामा पानीको मात्रा रेखदेख गर्न सकिन्छ ।

कसरी तयार गरियो स्मार्टवाच ?

स्मार्टवाचका लागि वैज्ञानिकले विशेष किसिमको इलेक्ट्रोड्स निर्माण गरेका थिए । जसलाई सजिलै बिरुवाको पातमा टाँस्न सकिन्छ । यसले लामो समयसम्म बिरुवाको रेखदेख गर्छ ।

निकिल मेटलबाट बनेको स्मार्टवाच र दोस्रो जलेको कागजमा मैनबत्तीको लेप लगाएर वैज्ञानिकले स्मार्टवाचको परीक्षणमा दुई किसिमको इलेक्ट्रोड्सको प्रयोग गरेका थिए ।

स्मार्टवाचलाई टेपको मद्दतले बिरुवाको पातमा टाँसिएको थियो । वैज्ञानिकले प्रयोग गरेको दुई विधिमध्ये निकिल इलेक्ट्रोड सूचना दिन सफल भयो ।

पानीको प्रतिशतबाट बिरुवामा ‘टाक्सिसिटी’बारे थाहा पाउन सकिने

बिरुवामा कति पानी बाँकी छ भन्ने कुरा एप्लिकेसनमा पानीको प्रतिशतबाट थाहा पाइन्छ । वैज्ञानिकले पानीको प्रतिशतले अप्रत्यक्ष रुपमा बिरुवाका कीरा र टाक्सिकसमेत भए नभएकोबारे सूचना दिन्छन् ।

अहिले यो स्मार्टवाच डिभाइस इन्डोर बिरुवामा  मात्रै प्रयोग गर्न सकिने वैज्ञानिकले बताएका छन् । आउटडोर बिरुवामा प्रयोग गर्नका लागि स्मार्टवाचलाई अझै विकसित र परिमार्जित गर्नुपर्ने उनीहरुको भनाइ छ ।

पहिले पनि बनिसकेका छन् स्मार्ट डिभाइस

स्मार्टवाचका अलावा यसअघि नै वैज्ञानिकले बिरुवाका लागि भन्दै विभिन्न इलेक्ट्रोनिक डिभाइस निर्माण गरिसकेका छन् । यसमा पानी आवश्यक पर्दा चम्किलो हुने बिरुवाको भाग र पालेको बिरुवा जस्तो व्यवहार गर्ने बिरुवाको भाग लगायत छन् ।

दैनिक भास्करबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?