+
+
Shares

‘चलचित्र पत्रकार’ पुस्तक लोकार्पण

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २२ गते १८:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली चलचित्र पत्रकारिताको इतिहासदेखि वर्तमानसम्म समग्र चित्रण गरिएको पुस्तक ‘चलचित्र पत्रकार’ लोकार्पण गरिएको छ।
  • चलचित्र विकास बोर्डले चलचित्र पत्रकार कल्याण कोष स्थापना गर्ने पवित्र उद्देश्यलाई सहयोग गरेको छ।
  • पुस्तकको बिक्रीबाट प्राप्त रकम चलचित्र पत्रकार कल्याण कोषमा जम्मा गरिने निर्णय गरिएको छ।

काठमाडौँ । नेपाली चलचित्र पत्रकारिताको इतिहासदेखि वर्तमानसम्मको समग्र चित्रण र विश्लेषण गरिएको पुस्तक ‘चलचित्र पत्रकार’ लोकार्पण गरिएको छ ।

चलचित्र विकास बोर्डको सहयोगमा चलचित्र पत्रकार संघ नेपालद्वारा प्रकाशित उक्त पुस्तकको लोकार्पण समारोह सम्पन्न भएको हो ।

कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष समीर बलामीले गरेका थिए । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला लगायतले पुस्तक विमोचन गरे ।

बोर्ड अध्यक्ष डीसीले नेपाली चलचित्र क्षेत्रको समग्र अभिवृद्धिमा चलचित्र पत्रकारिता अभिन्न अंग भएको बताए ।

उनले भने, ‘चलचित्र पत्रकारिताले चलचित्रको प्रचार र प्रवद्र्धनका साथै आलोचना, विश्लेषण र सुधारका दिशा देखाउने माध्यमको रूपमा काम गरेको छ । यसको समृद्धि र शुद्ध पत्रकारिताका लागि चलचित्र पत्रकार कल्याण कोष स्थापना गर्ने पवित्र उद्देश्यलाई बोर्डले सहयोग गरेको छ ।’

यस प्रकारका प्रयासले चलचित्र पत्रकारितालाई अझ जिम्मेवार, अनुसन्धानमुखी र स्थायी बनाउन मद्दत गर्ने डीसीले बताए ।

अध्यक्ष बलामीले संघले चलचित्र पत्रकारितालाई शुद्धीकरण र व्यावसायिकतातर्फ उन्मुख बनाउँदै नयाँ पुस्तालाई अघि ल्याउने अभियानमा निरन्तर क्रियाशील रहेको बताए ।

कार्यक्रममा चलचित्र पत्रकारिताको खोजी र अनुसन्धानमुखी स्वरूपका बारेमा अध्यक्ष डीसी, कलाकार संघका अध्यक्ष निरौला, पत्रकार शान्तिप्रिय, ध्रुव लम्साल, मदन रिजाल र रघुनाथ सापकोटाले चर्चा गरे ।

विमर्शमा सहभागी पत्रकारले चलचित्र पत्रकारितालाई कुनै निश्चित चलचित्र वा व्यक्तिको प्रचार केन्द्रित नभई स्वतन्त्र, निष्पक्ष र सिर्जनात्मक पत्रकारिताको सिद्धान्तअनुसार अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

‘चलचित्र पत्रकार’ शीर्षकको पुस्तकको बिक्रीबाट प्राप्त रकम चलचित्र पत्रकार कल्याण कोषमा जम्मा गरिने निर्णय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?