+
+

प्रचण्डको अभिव्यक्तिमाथि निर्वाचन आयोगले थाल्यो छानबिन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २५ गते १७:००

२५ वैशाख, काठमाडौं । भरतपुर महानगरपालिकामा रेनु दाहाल निर्वाचित नभए देश दुर्घटनामा जान्छ भन्ने पुष्पकमल दाहालको अभिव्यक्तिप्रति निर्वाचन आयोगले जाँचबुझ थालेको छ ।

प्रचण्डको भनाइबारे प्रमुख प्रतिपक्षी दल एमालेले प्रश्न उठाउनुका साथै उजुरीसमेत परेपछि आयोगले आन्तरिक रुपमा छानविन थालेको हो ।

‘आफ्नो दलको उम्मेदवार निर्वाचित नभए देश दुर्घटनामा जान्छ भन्ने अभिव्यक्ति प्रत्यक्ष/परोक्ष रुपमा धम्की हो भन्ने देखिन्छ । मतदाताहरुलाई यसरी धम्क्याउनु आचारसंहिता विपरीत हो भनेर उजुरी परेको छ’ आयोगस्रोतले भन्यो, ‘हाम्रो टोलीले प्रमाण जुटाई अनुसन्धान थालेको छ । सरसर्ती हेर्दा यस्तो अभिव्यक्ति स्वभाविक देखिँदैन । अध्ययन गरेर बेलुकीसम्म केही निष्कर्षमा पुग्छौं ।’

दाहालले भरतपुरमा भएको सत्ताधारी गठबन्धनको निर्वाचन सभामा आफ्नी छोरीसमेत रहेकी माओवादी केन्द्रकी उम्मेदवार दाहाल निर्वाचित नभए देश दुर्घटनामा जाने चेतावनी दिएका थिए ।

उनको त्यो चेतावनीको चौतर्फी आलोचना भएको थियो । मतदातालाई धम्क्याएको र भयरहित निर्वाचनको वातावरण विथोलेको भन्दै उनी विरुद्ध उजुरी परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?