+
+
Shares

माओवादी केन्द्र कांग्रेसको पुच्छर : बादल

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २५ गते १९:०७

२५ वैशाख, चितवन । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले माओवादी केन्द्र नेपाली कांग्रेसको पुच्छर बनेको आरोप लगाएका छन् ।

चितवनको भरतपुरमा आइतबार नेकपा एमालेले आयोजना गरेको आमसभालाई सम्वोधन गर्दै उपाध्यक्ष थापाले माओवादी केन्द्र बामपन्थी शक्ति प्रतिगामीको हिस्सा र गुटमा बदलिएको टिप्पणी गरे ।

माओवादी केन्द्रप्रति आक्रोशित रुपमा प्रस्तुत भएका नेता थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा गरेको भाषणप्रति लक्षित गर्दै भने, ‘हामीलाई जितायौं भने पूँजीपति दल कांग्रेसको २० बर्षसम्म अभिन्न अंगको रुपमा रहनेछौं भनेको पनि सुन्यौ, तपाईहरुप्रति उत्पेरित हुनेछौं, उत्साहित हुनेछौं भनेको पनि सुन्यौ, त्यसलाई २० बर्षसम्म आजीवन कारावास वा नेपाली कांग्रेसको पुच्छर हुनेछौं भनेको बुझ्न सकिन्छ ।’

भरतपुर महानगरको मेयर पदका उम्मेदवार रेनु दाहालले भरतपुरमा टे्रलर मात्रै देखाएको अब पूरा फिल्म देखाउने भनेकी थिइन् । दाहालको उक्त भनाइप्रति टिप्पणी गर्दै थापाले त्यो दुखान्त फिल्म हुने बताए ।

माओवादी केन्द्र बिसर्जन, विघठन र पतनको दिशामा अगाडि बढेको भन्दै एमाले उपाध्यक्ष थापाले माओवादी केन्द्र विचार, सिद्धान्तबाट पदच्यूत भएको बताए । माओवादी केन्द्रको भ्रममा रहेकाहरु भ्रमबाट मुक्त भएर सही नीति र विचार नेतृत्वको पक्षमा उभिन उपाध्यक्ष थापाले आग्रह गरे ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?