+
+
Shares

पसल-पसलमा महालक्ष्मी विकास बैंकको क्युआर कोड

नगदरहित बैकिङ कारोबारामा जोड

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते १८:४५

महालक्ष्मी विकास बैंक लिमिटेडले महाराजगञ्ज र नक्साल (भाटभटेनी) क्षेत्रमा क्यूआर कोड वितरण गरेको छ । नगद रहित कारोबार गर्दै डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले महाराजगंज र भाटभटेनी शाखाको अगुवाईमा उक्त क्षेत्रमा रहेका फलफुल पसल, कपडा पसल, खाजा घर, खुद्रा पसल, होटल तथा रेष्टुरेन्ट लगायतका विभिन्न पसलहरुमा बृहत्त रुपमा क्यूआर कोड वितरण गरेको हो ।

उक्त क्यूआर कोडको प्रयोगबाट नगद कारोबारको जोखिमलाई न्यूनीकरण गरी सुरक्षित रुपमा डिजिटल बैंकिङ कारोबार गर्न ग्राहकहरुलाई विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राख्नुका साथै सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्दै आएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?