+
+

दिल्ली-काठमाडौं हुँदै इन्डियन एयरफोर्सको जहाज गौतमबुद्ध विमानस्थलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २८ गते ११:४६

२८ वैशाख, काठमाडौं । भारतीय सेनाको जहाज बुधबार भैरहवा विमानस्थलमा अवतरण गरेको छ । ‘आईएफसी १ एफ२२ ०२ डट ४३’ जहाज बुधबार बिहान भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो ।

काठमाडौं विमानस्थल स्रोतका अनुसार यो जहाज धावनमार्गमा अवतरण गरेसँगै काठमाडौंमा रोकिएन, लगत्तै टेकअफ लिएको जहाज भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको हो ।

यो जहाज नेपाल आउनुको प्रयोजन भने खुलेको छैन । आगामी २ जेठमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउँदैनन् । जहाज बिहान साढे ८ः२८ बजे भैरहवामा अवतरण गरेको हो ।  नयाँ विमानस्थल भएका कारण जहाज सिधै भैरहवा अवतरण नगरी काठमाडौं आएर गरेको हुन सक्ने बताइएको छ ।

गौतमबुद्ध विमानस्थलमा अवतरण गर्ने यो जहाज पहिलो विदेशी जहाज बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?