+
+

बीमामा बिग मर्जर : प्राइम लाइफसँग युनियन र गुराँस लाइफ गाभिने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २९ गते १८:३८

२९ वैशाख, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्यारेन्स कम्पनी गाभिने भएका छन् । प्राइम लाइफ इन्स्यारेन्स कम्पनीमा गाभिनका लागि बिहीबार त्रिपक्षीय सम्झौता भएको छ ।

यो सम्झौता बीमा क्षेत्रका लागि दोस्रो र जीवन बीमा क्षेत्रका लागि पहिलो मर्जर सम्झौता हो । यस अघि निर्जीवन बीमा कम्पनीहरु एभरेष्ट इन्स्यारेन्स र हिमालयन जनरल इन्स्यारेन्सबीच मर्जर सम्झौता भएको थियो ।

प्राइम लाइफ इन्स्योरेन्समा युनियन र गुराँस लाइफ इन्स्यारेन्स गाभिए पनि देशकै ठूलो बीमा कम्पनी बन्नेछ । प्राइम लाइफको चुक्ता पूँजी अहिले २ अर्ब ७८ करोड रुपैयाँ रहेको छ भने गुुराँस लाइफको २ अर्ब ८ करोड ४२ लाख र यूनियन लाइफको २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

शेयर स्वाप रेसियो भने डीडीए रिपोर्टपछि मात्रै टुंगो लाग्नेछ । जीव बीमा कम्पनीहरुको चुक्ता पुँजी हाल २ अबृ रहेको र यसलाई बढाएर ५ अर्ब पुर्याउन बीमा समितिले निर्देशन दिएको छ । उता निर्जीवन बीमा कम्पनीहरुका लागि भने २ अर्ब ५० करोड रुपैयाँ तोकिएको छ ।

एक वर्षको अवधि दिएर पुँजी बढाउन समितिले निर्देशन दिएपछि यतिबेला अन्य बीमा कम्पनीहरु मर्जरका लागि पार्टनरको खोजीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?