+
+

हुम्लाको अदानचुलीका २ वटा मतदान केन्द्रमा तनाव, २ राउण्ड हवाइ फायर

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते १०:३४

३० वैशाख, हुम्ला । हुम्लाको अदानचुलीका २ वटा मतदान केन्द्रमा झडप भएको छ ।

अदानचुली गाउँपालिका-४ मा रहेको मतदान केन्द्रमा  ढुंगा हानाहान भएको छ । सो क्रममा उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको छ ।

श्रीमतीको नाममा एक व्यक्तिले भोट हाल्न पाउनु पर्ने अडान लिएपछि  विवाद भएको थियो ।

ढुंगा हानाहान हुँदा दुई जना घाइते भएको स्थानीय नन्दराज शर्माले जानकारी दिए ।

यस्तै अदानचुली १ को जनकल्याण माविमा पनि विवाद भएपछि मतदान रोकिएको  कालिबहादुर थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?