+
+

जनतालाई चुनावका दिन मात्रै मालिक बनाउने प्रवृत्ति अन्त्य गरौं : रेखा थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते ११:३६

३० वैशाख, काठमाडौं । अभिनेत्री रेखा थापाले चुनाव जितिसकेपछि जनतासामु नाकमुख नै नदेखाउने नेताहरुको प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएकी छन् ।

चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसको केन्द्रबाट मतदान गरेपछि अनलाइखबर कुरा गर्दै उनले यसपटकको चुनावमा नागरिकले आफ्नो विवेकलाई सही ढंगले प्रयोग गर्नेमा विश्वस्त रहेको बताइन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य समेत रहेकी रेखाले भनिन्, ‘यसपटक जनप्रतिनिधि छान्ने कार्यमा हरेकले बुझेर मतदान गर्नुहुन्छ भन्ने लागेको छ । सही जनप्रतिनिधि छान्ने र उनीहरुले सही काम गर्ने हो भने देशको मुहार फेरिन्छ ।’

उनले जनतालाई मालिक भन्ने गरिएको भए पनि यो व्यवहारमा भने लागू नभएको बताइन् । ‘जनतालाई चुनावका दिन मात्रै मालिक बनाइन्छ, अरु बेला खै ?’ उनले प्रश्न गरिन् ।

रेखाले नेताहरुको चरित्र सुधार्न जनताले मतपेटिका नै खाली गरिदिन पनि पछि हट्न नहुने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?