
३० वैशाख, दाङ । दाङमा बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । मध्यान्न १२ बजेसम्म जिल्लाका दशैवटा स्थानीय तहमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
बिहानैदेखि मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । मतदानका लागि बिहानैदेखि मतकेन्द्रमा पुगेर लाइनमा उभिएका छन् । मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था पनि कडाइ गरिएको छ ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार दाङमा १२ बजेसम्म २५ प्रतिशत मत खसेको छ ।
दाङमा ४ लाख ९९०२ जना मतदाता रहेका छन् भने १५३ मतदान स्थल र ५६१ मतदान केन्द्र छन् ।
जिल्लाभर निर्वाचनका लागि साढे ६ हजार कर्मचारी र सुरक्षाकर्मीहरु परिचालन भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4