+
+

अक्सिजन लगाएरै मतदान

अनिल खत्री अनिल खत्री
२०७९ वैशाख ३० गते १३:५८

३० वैशाख, गुल्मी । स्थानीय तहको निर्वाचनमा गुल्मीमा उत्साहपूर्वक मतदान भइरहेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा वृद्धदेखि बिरामी परेर अक्सिजन लगाइरहेकाहरु पनि मतदानमा सहभागी भएका छन् ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. ७ निवासी ४६ वर्षीया दुर्पता मरासिनी अक्सिजन सिलिन्डर सहित मतदानमा सहभागी भएकी हुन् । उनलाई मतदान केन्द्रसम्म आफन्त तथा सवारी साधन मार्फत लगिएको थियो ।

मतदानमा बिरामी, अशक्त, जेष्ठ नागरिकहरुलाई लाइन बस्न नपर्ने गरी व्यवस्था मिलाइएको छ । कतिपय मतदान केन्द्रमा ह्वीलचियर लिएर पुगेका थिए ।

जिल्लामा दिउँसो १ बजेसम्म प्राप्त विवरण अनुसार करिब ३१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी अर्जुन पन्थीले जानकारी दिए । जिल्लामा रहेका १२ वटा स्थानीय तहमा उत्साहपूर्वक मतदाताहरु उपस्थित भइ मतदान गरिरहेका छन् ।

जिल्लामा ९३ वडामा १ सय ४२ मतदान स्थल र २ सय ७९ वटा मतदान केन्द्र छन् । गुल्मीमा ४ सय ८९ जना जनप्रतिनिधिका लागि १ हजार २ सय ४३ जना चुनावी मैदानमा उत्रिएका छन् ।

जिल्लामा २ लाख २४ हजार २७६ जना मतदाता रहेका छन् । निर्वाचनको लागि शान्तिपूर्ण भयरहित वातावरणमा मतदान कार्य सम्पन्न गर्न सुरक्षाको प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । २ हजार ५ सय ८३ जना सुरक्षाकर्मी निर्वाचनमा खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?