+
+
Shares

बुटवलको मतगणना राति १२ बजे सुरु हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते २२:५९

३० वैशाख, बुटवल । बुटवल उपमहानगरपालिकामा मतगणना शुक्रबार राति १२ बजे सुरु हुने भएको छ । मतदान केन्द्रबाट मतपेटिका ल्याउने काम सकिएको र अब सर्वदलीय वैठक बसेर मतगणना सुरु गरिने बुटवलका निर्वाचन अधिकृत लेखनाथ पौडेलले बताए ।

मतगणनाका लागि गणकहरु तयारी अवस्थामा रहेकाले १२ बजे गणना सुरु हुने पौडेलको भनाइ छ । बुटवलमा कुल ९० हजार ४०४ मतदाता रहेकामा ६२ हजार १०१ मत खसेको छ । बुटवलको मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डे र एमालेका बाबुराम भट्टराईबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

१९ वटा वडा रहेको बुटवलमा वडा नं १ मा १९ हजार ६८,२ मा दुई ८७५, ३ मा तीन हजार ६१२, ४ मा तीन हजार ४६८ र ५ मा एक हजार २९६ मत खसेको छ । यस्तै वडा नं ६ मा दुई हजार ८०२, ७ मा चार हजार ५१८, ८ मा तीन हजार ४३०, ९ मा दुई हजार ८६४ र १० मा एक हजार ९७५ मत खसेको छ ।

वडा नं ११ मा १० हजार ३७१, १२ मा चार हजार २८०, १३ मा पाँच हजार ८६, १४ मा तीन हजार २६, १५ मा दुई हजार ६१७, १६ मा दुई हजार ११५, १७ मा दुई हजार ५९०, १८ मा एक हजार ६९९ र वडा नं १९ मा दुई हजार ५०९ मत खसेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?