+
+

मुस्ताङको घरपझोङमा २ मत अन्तरले कांग्रेसका लालचन विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १०:२५

३१ वैशाख, काठमाडौं । मुस्ताङको सदरमुकाम समेत रहेको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार मोहनसिंह लालचन विजयी भएका छन् । एमालेका सञ्जयकुमार थकालीलाई २ मतको अन्तररले हराउँदै लालचन विजयी भएका हुन् ।

मुस्ताङका मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञावालीका अनुसार कांग्रेस उम्मेदवार लालचनले ७६० मत ल्याउँदा एमालेका थकालीले ७५८ मत मात्रै ल्याएका थिए ।

उपाध्यक्षमा कांग्रेसकी जमुना थापामगरले ६९३ मत पाएर जित हासिल गरिन् । उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी मिमकुमारी शेरचनले ६५८ मत पाइन् ।

घरपझोङ गाउँपालिकामा १३ र ५ नम्बर वडाका वडाध्यक्ष यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । तर, ३ नम्बर वडामा एमालेका खलेन्द्रप्रसाद थकाली र वडा नम्बर ४मा कांग्रेसका यमप्रसाद थकालीले जित हासिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?