
३१ वैशाख, हुम्ला । स्थानीय तहको निर्वाचनमा हुम्ला जिल्लामा ७९.४ प्रतिशत मत खसेको छ ।
वैशाख ३० गते खसेको हुम्ला जिल्लाका सात वटै गाउँपालिका र ४४ वटा वडाको हो ।
जिल्ला निर्वाचन कार्यालय हुम्लाका अनुसार सिमकोट ५ हजार ३४७ खार्पुनाथ ३ हजार १२४ सर्केगाड ५ हजार २५४ चंखेली २ हजार ६९६ अदानचुली ३ हजार ९३१ ताजाँकोट ३ हजार ३१ र नाम्खा २ हजार ३७१ मत खसेको जनाएको छ ।
हुम्ला जिल्लामा कुल २५ हजार ७५४ मत खसेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामबहादुर रानाले जानकारी दिए ।
हुम्लामा कुल मतदाता संख्या ३२ हजार ६८१ रहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4