 
																			३१ वैशाख, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकामा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ ।
वडानम्बर १ को ५० मतगणना हुँदा कांग्रेसका उपेन्द्र खड्काले १६ मतका साथ अग्रता लिएका छन् ।
दोस्रोमा राप्रपा रहेको छ । राप्रपाका मुकुन्दश्याम गिरीले १४ मत पाएका छन् भने । तेस्रोमा रहेकी एमालेकी मोहनमाया ढकालले ६ भोट पाएकी छन् ।
यस्तै उपमेयरमा माओवादीकी उम्मेदवार शान्ति ढकालले अग्रता लिएकी छन् । उनले २३ मत पाएकी छन् । दोस्रोमा रहेका एमालेका नीलकण्ठ खनालले १० मत पाएका छन् ।
वीरेन्द्रनगरमा कांग्रेस र माओवादीको गठबन्धन छ । एमाले र एकीकृत समाजवादी एक्लै लडेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4