१ जेठ, काठमाडौं । विभिन्न कारणले रोकिएका चार मतदान स्थलमा आज निर्वाचन हुने भएको छ । निर्वाचन आयोगका अनुसार सप्तरी, कालिकोट र बुझाङका रोकिएका स्थानमा आज फेरि मतदान हुने भएको हो ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाको जनता माविका दुई मतदान केन्द्रमा आज मतदान हुँदैछ ।
कालिकोटको रास्कोटा गाउँपालिकाको रमालमष्टो माविमा पनि मतदान हुँदैछ ।
त्यसैगरी कालिकोटको पचालझरना गाउँपालिकाको जनता मावि खार्दुपमा पनि मतदान हुँदैछ ।
अनि बझाङको जयपृथ्वी नगरपालिकाको सुनिपिपल चौर माविमा निर्वाचन हुँदैछ ।
यी ठाउँमा विभिन्न झडप र विवादका कारण मतदान रोकिएको थियो । मतदान रोकिएका ठाउँको स्थानीय तहमा मतगणना शुरु हुन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4