+
+

जाजरकोटका १९ वडाको मत परिणाम सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १४:५१

१ जेठ, जाजरकोट । जिल्लामा ७७ वटा वडा रहेकोमा १९ वडाको मतपरिणाम सार्वजनिक भएको छ ।अन्य वडाको मतगणना जारी छ ।

हालसम्मको परिणाम अनुसार बारेकोट गाउँपालिकाको वडा नं ९ मा एमालेबाट दानबहादुर शाहीको प्यानल विजयी भएको छ । वडा नं ८ को अध्यक्षमा कांग्रेसका योगेन्द्र सिंह (जलन) विजयी भएका छन् । अन्य चार सदस्यमा भने एमालेकाका उम्मेदवार विजयी भएका छन् ।

भेरी नगरपालिका-१ मा माओवादी केन्द्रका दीपक रानाको प्यानल नै विजयी भएको छ । वडा १३ मा कांग्रेसका यज्ञ बटाला अध्यक्षमा विजयी भएका छन् ।

नलगाड नगरपालिका -१ मा माओवादीका धर्मेन्द्र महरको प्यानलै विजयी भएको छ । वडा नं. २ मा भने कांग्रेसका पूर्णबहादुर खत्री विजयी भएका छन् । १३ मा माओवादी केन्द्रका सेते गिरी विजयी भएका छन् ।

छेडागाड नगरपालिका-१ मा कांग्रेसबाट वडाध्यक्षम रामबहादुर बुढा विजयी भएका छन् भने वडा नं. १३ मा गठबन्धनका उम्मेदवार मोतीलाल खत्री सहितको प्यानलसहित विजयी भएका छन् ।

कुशे गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार नरबहादुर सिंह प्यानलसहित विजयी भएका छन् । वडा नं. ९ मा पनि नेपाली कांग्रेसकै उम्मेदवार शिवराज गिरी विजयी भएका छन् ।

शिवालय गाउँपालिका वडा नं. १ मा माओवादी केन्द्रकबाट वडाध्यक्षका उम्मेदवार नरबहादुर राना विजयी भएका छन । वडा नं. २ मा नेकपा एमालेका उम्मेदवार कर्णबहादुर वली विजयी विजयी भएका छन् । वडा नं. ९ मा माओवादी केन्द्रका उम्मेदवार दिपक खड्का विजयी भएका छन् ।

जुनिचाँदे गाउँपालिका वडा नं. ५ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार जय बहादुर बस्नेत विजयी भएका छन् । वडा नं. ७ मा माओवादी केन्द्रका उम्मेदवार निशान घर्ती विजयी भएका छन् । त्यस्तै, वडा नं ८ मा माओवादी केन्द्र उम्मेदवार लोकबहादुर थापाले र वडा नं. १० मा नेपाली कांग्रेसका उम्मेदवार उदय बहादुर रोकाय विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?