+
+

मकवानपुरको भिमफेंदीमा एमालेका हिदम लामा दोस्रो कार्यकालका लागि निर्वाचित

उपाध्यक्षमा कांग्रेसका सञ्जीव श्रेष्ठ विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते ७:२४

२ जेठ, हेटौंडा । मकवानपुरको भिमफेंदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिदम लामा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

आइतबार राति अबेर सम्पन्न मत परिणाम अनुसार लामा गाउँपालिकाको अध्यक्षमा ५ हजार ५९१ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बद्री बहादुर स्याङ्तानले ५ हजार २०९ मत प्राप्त गरे । लामा नेकपा एमाले मकवानपुरका उपसचिव समेत हुन् ।

यस्तै गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसका युवा नेता सञ्जीव श्रेष्ठ विजयी भएका छन् । उनले ५ हजार ३१५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी पार्वती राना १६ मतले पराजित भइन् ।

भिमफेंदीमा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?