+
+

डडेल्धुराको आलितालमा माओवादीका पार्की र रावल विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते ७:२८

२ जेठ, डडेल्धुरा । आलिताल गाउँपालिका, डडेल्धुराको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

सोमबार बिहान आएको नजिताअनुसार अध्यक्षमा शेरबहादुर पार्की २ हजार ३८९ मतका साथ निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलबहादुर गुरुङले २ हजार २२४ मत पाएका छन् । एमालेका मीनबहादुर बोगटीले १ हजार ४५९, एकीकृत समाजवादीका तुलाराम बोहराले ६०१, स्वतन्त्र उम्मेदवार टेकबहादुर खड्काले २५७ र राप्रपाका जितबहादुर थापामगर ३४ मत ल्याए ।

उपाध्यक्षमा निर्वाचित माओवादी केन्द्रकी मैना कुमारी रावलले २ हजार ६०२ मत प्राप्त गरिन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी जयाकुमारी बोगटीले २ हजार २४१ मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?