+
+

युगान्डाले नेपाललाई दियो १०३ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १५:०७

२ जेठ, काठमाडौं । युगान्डा र नेपालबीचको महिला टी‍-२० अन्तर्राष्ट्रिय श्रृंखलाको पहिलो खेलमा नेपालले १०३ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा टस जितेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट लिँदै १०२ रनमा सीमित पारेको हो ।

टस जितेर फिल्डिङ रोजेको नेपालका लागि भने पहिलो ओभरको तेस्रो बलमा नै कविता कुँवरले लियोना बर्वीको विकेट लिइन् ।

युगान्डाका लागि ओपनर केविन अविनोले ३० बल खेल्दै १५ रन बनाइन् । अर्की ओपनर लियोना बर्वी भने दोस्रो बलमा नै बोल्ड आउट भइन् ।

तेस्रो क्रममा आएकी निद एम्बाबाजीले ३८ बल खेल्दै ३ चौका सहित २९ रन बनाइन् । चौथो क्रममा आएकी फ्राङ्क्लिन नजुम्बो १८ बल खेल्दै १ चौका सहित १२ रन बनाइन्

पाँचौं क्रमकी रिता मुसामाली १७ बलमा १३ रनमा अविजित रहिन् । छैटौं क्रमकी रिता न्याङ्गिन्डो १३ बलमा १८ रन बनाउँदै क्याच आउट भइन् । सातौं क्रममा आएकी इल्यान अन्यीपो ५ रनमा अविजित रहिन् ।

नेपालका लागि कविता कुँवरले सर्वाधिक २ विकेट लिइन् । रुविना क्षेत्री, कविता जोशी र इन्दु बर्माले समान १ १ विकेट लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?